असार ५, २०८३ शुक्रबार June 19, 2026

स्थानीय चुनावका लागि रास्वपाले सार्वजनिक गर्यो विस्तृत छनोट रूपरेखा (पूर्णपाठ)

रास्वपाको नयाँ नीति: उच्च अंक ल्याउने नै उम्मेदवार बन्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत रूपरेखा सार्वजनिक गरेको छ। पारदर्शिता, प्रतिस्पर्धा र योग्यता आधारित छनोटलाई प्राथमिकता दिँदै पार्टीले नयाँ अभ्यास अघि सारेको हो।

रूपरेखा अनुसार उम्मेदवार बन्न इच्छुक व्यक्तिले पहिलो चरणमा ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिनुपर्नेछ। आवेदन दिएका आकांक्षीलाई विभिन्न सूचकका आधारमा अंक प्रदान गरिने व्यवस्था गरिएको छ। ती सूचकहरूमा सार्वजनिक आचरण, इमान्दारी, वित्तीय पारदर्शिता, स्वार्थको द्वन्द्वबाट मुक्त अवस्था, कानुनी तथा सामाजिक विश्वसनीयता तथा लोकतान्त्रिक संस्कारलाई मुख्य आधार मानिएको छ।

रास्वपाले केवल लोकप्रियता वा चुनाव जित्ने सम्भावनालाई मात्र आधार नबनाई समग्र व्यक्तित्व र नैतिक पक्षलाई पनि समान रूपमा मूल्यांकन गरिने स्पष्ट पारेको छ। यसरी प्राप्त अंकका आधारमा सबैभन्दा धेरै अंक ल्याउने व्यक्ति नै अन्तिम उम्मेदवार बन्ने व्यवस्था गरिएको पार्टीले जनाएको छ।

यस्तो छ स्थानीय निर्वाचनको उम्मेदवार छनोट रुपरेखा (पूर्णपाठ)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया