काठमाडौँ, २५ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले राष्ट्रियसभा सचेतकमा रोशनी मेचे लाई चयन गरेको छ ।
एमाले संसदीय दलका नेता रामबहादुर थापा ले बिहीबार मेचेलाई राष्ट्रियसभा सचेतकमा नियुक्त गर्नुभएको हो । पार्टीभित्र संसदीय गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त जिम्मेवारी दिइएको एमाले स्रोतले जनाएको छ ।
राष्ट्रियसभामा पार्टीको तर्फबाट सांसदहरूको समन्वय, बैठकमा उपस्थिति व्यवस्थापन, पार्टीको आधिकारिक धारणा प्रस्तुत गर्ने तथा संसदीय रणनीति कार्यान्वयनमा सचेतकको महत्वपूर्ण भूमिका रहने गर्दछ । एमालेले पछिल्लो समय संसद्मा आफ्नो भूमिकालाई थप सशक्त बनाउन विभिन्न जिम्मेवारी पुनः व्यवस्थापन गर्दै आएको छ ।
रोशनी मेचे लामो समयदेखि पार्टी संगठन र संसदीय गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ । उहाँको नियुक्तिलाई एमालेभित्र महिला नेतृत्वको थप सशक्त सहभागिताका रूपमा पनि हेरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया