काठमाडौँ । नेकपा एमालेले संसदीय दल उपनेता मनोनीत गरेको छ। प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो।
प्रतिनिधि सभा सदस्यसमेत रहेकी अर्याललाई पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली को प्रस्तावमा दलको उपनेताको जिम्मेवारी दिइएको एमाले स्रोतले जनाएको छ ।
एमाले केन्द्रीय कमिटीकी सचिवसमेत रहेकी अर्याल यसअघि विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेकी अनुभवी नेतृ हुन् । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधि सभामा निर्वाचित भएकी हुन् । पार्टीभित्र संगठनात्मक अनुभव र संसदीय भूमिकालाई मूल्यांकन गर्दै उनलाई दलको महत्वपूर्ण जिम्मेवारी दिइएको बताइएको छ ।
यसअघि एमालेले प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी लाई मनोनीत गरिसकेको थियो । पछिल्लो मनोनयनसँगै एमालेले संघीय संसद्मा आफ्नो संसदीय टोलीलाई थप व्यवस्थित र सक्रिय बनाउने तयारी गरेको देखिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया