बैसाख २९, २०८३ मंगलबार May 12, 2026

महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध

सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, २९ वैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।

ढुङ्गा र माटोसहितको पहिरो खसेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सीधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारीसाधन बीचबाटेमै रोकिएका छन् ।

स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमिल्सीनाले सडक विभागका उपकरण परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिनुभयो ।

महभिरमा सडकदेखि करिब ५०० मिटरमाथिको भिरबाट पहिरो खस्ने गरेको छ । सामान्य वर्षा हुँदाबित्तिकै लेदोसहित खस्ने पहिरोले सडक अवरुद्ध गराउनुका साथै अन्य समयमा दुर्घटनाको जोखिम बढाएका छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आईसीसी विश्वकप लिग २ क्रिकेट : स्कटल्याण्डसँग नेपाल २ रनले पराजित
२०८३ बैसाख २९, मंगलबार
नागरिक लगानी कोष र लक्ष्मी सनराइज बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता
२०८३ बैसाख २९, मंगलबार
पाकिस्तानमा तीन महिनामा ३७० जनाभन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ
२०८३ बैसाख २९, मंगलबार
शून्य समयः विविध विषयमा सरकारको ध्यानाकर्षण
२०८३ बैसाख २९, मंगलबार
कुपोषण समाधानका लागि व्यवहार परिवर्तन आवश्यकः मुख्यमन्त्री यादव
२०८३ बैसाख २९, मंगलबार
नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट
२०८३ बैसाख २९, मंगलबार
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत
२०८३ बैसाख २९, मंगलबार