बैसाख ३१, २०८३ बिहिबार May 14, 2026

श्रम संस्कृति पार्टीको सचिवमा टीकाराम राई मनोनयन

सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख ३१ गते । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन् । नयाँ जिम्मेवारीअनुसार सुदन किराती वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहनुभएको छ ।

सो पार्टीमा किरातीको समूह समावेश भएसँगै पार्टीको भूमिका थप प्रभावकारी हुने र सदनदेखि सडकसम्म बलियो प्रतिपक्षको भूमिका निर्वाह गर्ने सो पार्टीका सचिव टीकाराम राईले जानकारी दिनुभयो । उहाँका अनुसार पार्टीले जनजीविकाको सवाललाई सशक्तरूपमा अगाडि बढाउने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया