जेठ २६, २०८३ मंगलबार June 9, 2026

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक जेठ २८ र २९ मा बस्ने

आगामी कार्यसम्पादन बैठकमा पेस गर्न उपाध्यक्ष हेमजङ गुरुङ, महामन्त्री धवलशमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को केन्द्रीय कार्यसमिति बैठक यही जेठ २८ र २९ मा बस्ने भएको छ ।

केन्द्रीय कार्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जेठ २८ र २९ गते काठमाडौंमा बस्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठ जानकारी दिए ।

यस्तै राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङद्वारा प्रस्तुत हालै सम्पन्न निर्वाचनका सम्बन्धमा सातवटै प्रदेशमा भएको समीक्षा बैठकको सुझावसहितको प्रतिवेदनलाई परिमार्जनसहित आगामी कार्यसम्पादन बैठकमा र त्यसपछि केन्द्रीय कार्यसमिति बैठकमा पेस गरिने निर्णय पनि गरिएको छ ।

प्रतिनिधिसभाको निर्वाचनका कारण यसअघि स्थगित गरिएको पार्टीको जिल्ला, स्थानीय र सबै तहको अधिवेशन पुनस् सञ्चालन गर्ने निर्णय गरिएको छ भन्ने निकट भविष्यमा हुने महाधिवेशनका लागि विधानबमोजिम सबै स्थानीय तह, क्षेत्र, प्रदेशसभा क्षेत्र, जिल्ला एवं प्रदेशको अधिवेशनमा तदारुकताका साथ जुट्न पार्टी पंक्तिलाई राप्रपाले आह्वान गरेको छ ।

पार्टीको आगामी महाधिवेशन मिति निर्धारण एवं तालिका बनाइ आगामी कार्यसम्पादन बैठकमा पेस गर्न उपाध्यक्ष हेमजङ गुरुङ, महामन्त्री धवलशमशेर राणा र सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी दिएको प्रवक्ता श्रेष्ठले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
२०८३ जेठ २६, मंगलबार
श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण
२०८३ जेठ २६, मंगलबार
सुदूरपश्चिममा रेबिजविरुद्धको खोप अभाव
२०८३ जेठ २६, मंगलबार
उपत्यकामा ‘बर्डफ्लु’ फैलियो, सात लाख अण्डा र एक सय ८३ टन दाना नष्ट
२०८३ जेठ २६, मंगलबार
हर्मुज नजिक अमेरिकी हेलिकप्टर हेलिकप्टर दुर्घटनापछि पाइलट सुरक्षित
२०८३ जेठ २६, मंगलबार
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
२०८३ जेठ २६, मंगलबार
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी
२०८३ जेठ २६, मंगलबार