काठमाडौँ: नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले लोकतान्त्रिक व्यवस्थामा व्यक्ति भन्दा संस्था ठूलो हुने बताएका छन्।
अभिव्यक्तिमा उनले लोकतन्त्र प्रक्रिया र विधिबाट सञ्चालन हुने व्यवस्था भएकाले व्यक्तिका इच्छा र आकांक्षा संस्थागत प्रक्रियाको अधीनमा रहनुपर्ने स्पष्ट पारे।
उनका अनुसार व्यक्ति क्षणिक भए पनि संस्था स्थायी हुने भएकाले लोकतन्त्रमा शक्तिशाली नेता होइन, शक्तिशाली संस्था आवश्यक हुन्छ। कुनै नेता आफूलाई संस्थाभन्दा माथि ठान्ने अवस्था आए लोकतन्त्र संकटमा पर्ने चेतावनी दिँदै उनले पार्टी र राष्ट्र दुवै आवेग होइन, संस्थागत सन्तुलनबाट चल्नुपर्नेमा जोड दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया