श्रावण १९, २०८३ मंगलबार August 4, 2026

जसपा नेपाल मधेस प्रदेश संसदीय दलको नेतामा यादव चयन

पाली कम्युनिष्ट पार्टी १५ प्रदेशसभा सदस्यसहित चौथो, जनमतका १२ प्रदेशसभा सदस्यसहित पाँचौँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेशको संसदीय दलको नेतामा पूर्व मुख्यमन्त्री सरोजकुमार यादव चयन हुनुभएको छ ।

संसदीय दलको आज बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बीचमा एकता भए पनि मधेश प्रदेशमा एकता नभएका कारण दुवै दलको छुट्टाछुट्टै संसदीय दलका नेता तथा कार्यालयहरू रहेका थिए ।

सङ्घमा एक भएजस्तै प्रदेश स्तरमा समेत दुवै दलबीच एकताको टुङ्गो लागिसकेपछि मधेश प्रदेशको दलको नेतामा पूर्व मुख्यमन्त्री यादव  सर्वसम्मत रुपमा चयन हुनुभएको हो ।

मधेस प्रदेशसभामा जसपा तथा लोसपा एक भएर जसपा नेपाल भएपछि मधेश प्रदेशमा २६ प्रदेशसभा सदस्यसहित सबैभन्दा ठूलो दल बनेको छ ।

जसपा नेपालका दुई जना प्रदेशसभा सदस्य हाल निलम्बनमा छन् । एक जनामाथि भ्रष्टाचारको मुद्दा र अर्का एक जनामाथि मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन बिकको हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको फैसलापछि निलम्बनमा हुनुहुन्छ ।

यसअघि मधेशमा सबैभन्दा ठूलो दल रहेको नेकपा एमाले अब २४ जना प्रदेशसभा सदस्यसहित दोस्रो ठूलो दल बनेको छ भने नेपाली कांग्रेस २२ जना प्रदेशसभा सदस्य सहित तेस्रो ठूलो दल बनेको छ । नेपाली कम्युनिष्ट पार्टी १५ प्रदेशसभा सदस्यसहित चौथो, जनमतका १२ प्रदेशसभा सदस्यसहित पाँचौँ दल बनेको छ ।

प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीको एक÷एक जना प्रदेशसभा सदस्य छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया