जेठ १५, २०८३ शुक्रबार May 29, 2026

सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा

खोलाको छेउमा कुनै सुकुम्बासी रहरले नभई बाध्यताले बसेकाले मानवीय सम्वेदनमा ध्यानदिनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, जेठ १५ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भूमिहिन, सुकुम्बासीको व्यवस्थापन सरकार चुकेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रकार आयोजना गरेको विस्थापनको व्याकुलताः सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण ग्रिन टेबल छलफल कार्यक्रममा यस्तो बताएका हुन् ।

बाहिरबाट हेर्दा खोला किनारको अव्यवस्थित बस्ती देखिए पनि नागरिकको लागि सबै थोक त्यही भएको थापाले बताए । ‘सुकुम्बासीको समस्या हल गर्न नेपालको संविधानमा आवासको हक सुनिस्चित गरिएको छ,’ थापाले भने, ‘कानुन अनुसार सुकुम्बासीको व्यवस्थापन गर्नुपर्नेमा हठात्मा उठाउने काम भयो ।’ खोलाको छेउमा कुनै सुकुम्बासी रहरले नभई बाध्यताले बसेकाले मानवीय सम्वेदनमा ध्यानदिनुपर्ने थापाले बताए ।

‘भूमिहिन, सुकुम्बासीलाई कहाँ कसरी सार्ने व्यवस्थित योजना बनाएर सार्नुपथ्र्यो,’ थापाले भने, ‘राति सुतेका सुकुम्बासीका टहरा विहान उठ्दा डोजर लगेर भत्काउनु अमानवीय कार्य हो ।’ सरकारले गरिवीका विरुद्ध काम गर्नुपर्नेमा गरिबका विरुद्धमा काम गरेको टिप्पणी गरे । ‘गरिवी र गरिव फरक विषय हुन्,’ थापाले भने, ‘कोही पनि रहरले गरिब हुँदैन ।’

सभापति थापाले सुकुम्बासी तथा भूमिहीन समुदायका समस्यालाई संवेदनशील र मानवीय ढंगले समाधान गर्नुपर्ने आवश्यकता औँल्याए । सफाइ वा व्यवस्थापनको नाममा नागरिकलाई घरबारविहीन बनाउनु उपयुक्त नहुने उनको धारणा थियो ।

सरकारको कार्यप्रणालीप्रति टिप्पणी गर्दै थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराउनु र सही दिशा देखाउनु आफ्नो दायित्व भएको बताए । बसोबास असुरक्षित हुँदा, बालबालिकाको शिक्षा र दैनिकी अनिश्चित बन्दा प्रभावित परिवारमा तनाव, चिन्ता र अवसादजस्ता मानसिक समस्या बढ्दै गएको उनले उल्लेख गरे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सात प्रतिशतको आर्थिक वृद्धि, मुद्रास्फीति छ प्रतिशतमा सीमित गर्ने लक्ष्य
२०८३ जेठ १५, शुक्रबार
सरकारी कर्मचारीको नयाँ तलब निर्धारण, कसको तलब कति ?
२०८३ जेठ १५, शुक्रबार
सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो : कांग्रेस सभापति थापा
२०८३ जेठ १५, शुक्रबार
कृषकको सम्मानलाई राज्यले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल
२०८३ जेठ १५, शुक्रबार
मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
२०८३ जेठ १५, शुक्रबार
गड्यौलाको मल उत्पादन गरी आत्मनिर्भर बन्दै सिंह
२०८३ जेठ १५, शुक्रबार
फिलिपिन्सको हिरासतमा रहेका ६४ जना चिनियाँ नागरिक रिहा : चिनियाँ दूतावास
२०८३ जेठ १५, शुक्रबार