कार्तिक २, २०८३ सोमबार October 19, 2026

राष्ट्रियसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल–भारत सीमा समस्या समाधानमा जटिलता आउने तर्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाै – राष्ट्रियसभाको बैठक भोलि दिउँसाे सवा १२ बजे बस्नेगरी स्थगित भएको छ । कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको हाे ।

आजको बैठक शुरू हुनेबित्तिकै सांसदले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कारबाही अगाडि बढ्न नसक्ने धारणा राख्नुभयो ।

सभाध्यक्ष नारायणप्रसाद दाहालले पटक–पटक सदनको कारबाही अगाडि बढाउन आग्रह गर्नुभएको थियो । उहाँले विभिन्न कार्यसूची अगाडि बढाउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो । सांसदहरूले असहमति प्रकट गर्नुभयो ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियो भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची थियो ।

त्यसैगरी अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यक्रम थियो ।

त्यसअघि सांसद पदमबहादुर परियारले राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठेको उल्लेख गर्दै प्रधानमन्त्रीले सदनमा आएर कुन ठाउँमा कति भूमि मिचिएको हो भनी प्रमाणसहित जानकारी दिनुपर्ने धारणा राख्नुभयो । त्यस्तै सांसद घनश्याम रिजालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउनुभएको थियो ।

सांसद रोशनी मेचेले नेपालले अहिलेसम्म एक इन्च पनि सीमा नमिचेको जिकिर गर्नुभयो । सांसद महन्त ठाकुरले भारतको केही जग्गा उपभोग गरेको भए पनि मिचिएको भन्न नमिल्ने धारणा राख्नुभयो ।

सांसद तुलप्रसाद विश्वकर्माले ‘जमिन उपभोग गर्नु’ र ‘सीमा मिच्नु’ नितान्त फरक कुरा भएकाले यसबारेमा थप प्रष्ट पार्नुपर्ने बताउनुभयो । लामो समयदेखि लिम्पियाधुरा र लिपुलेकमा भारतीय सेना राखेर नेपालको भूमि भारतीय पक्षले अतिक्रमण गरेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल–भारत सीमा समस्या समाधानमा जटिलता आउने तर्क गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै
२०८३ कार्तिक २, सोमबार
नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा
२०८३ कार्तिक २, सोमबार
ट्रम्पको इन्धन मूल्य घटाउने प्रयास : रुससँग डिजेल आपूर्ति सम्झौता अन्तिम चरणमा
२०८३ कार्तिक २, सोमबार
नवरात्रको नवौँ दिन : आज पनि महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
२०८३ कार्तिक २, सोमबार
दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
२०८३ कार्तिक २, सोमबार
भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण
२०८३ कार्तिक २, सोमबार
आजको मौसमः माैसम सामान्यतया सफा रहने
२०८३ कार्तिक २, सोमबार