कार्तिक २, २०८३ सोमबार October 19, 2026

सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल

संविधानको अक्षरस पालना गरेरै विधि, सिद्धान्त, कानुन, ऐन परिमार्जन र संशोधन गर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काभ्रेपलाञ्चोक, २१ जेठ : सभामुख डोलप्रसाद अर्यालले सुशासन सबैभन्दा ठूलो जनअपेक्षा रहेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति काभे्रपलाञ्चोकको धुलिखेलमा आयोजित नवौँ जिल्ला सभा तथा आर्थिक बर्ष २०८२÷०८३ को प्रगति समीक्षा कार्यक्रमा उहाँले नागरिकले पहिलो अपेक्षा गर्ने सुशासननै भएको बताउनुभयो ।

सभामुख अर्यालले भन्नुभयो, “सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो, पछिल्लो समयमा पारदर्शिता, जवाफदेहीता र उत्तरदायीका विषयमा उठेका सवालले राज्य प्रणालीलाई थप जिम्मेवार र नागरिकमैत्री बनाउन महत्वपूर्ण पे्ररणा प्रदान गरेको छ ।”

उहाँले लोकतन्त्र निर्वाचनबाट मात्रै सुदृढ नहुने भएकाले पे्ररणामुखी सेवा आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यसले लोकतन्त्रको जिवन्तता र नागरिक चेतनाको उचाइलाइ समेत प्रतिबिम्बित गरेको छ ।”

सभामुख अर्यालले सङ्घीयताको बास्तविक परीक्षण सिंहदरबारबाट मात्र नहुने हुँदा स्थानीय तहको सेवाको मापनमा निर्भर हु्ने बताउनुभयो ।

“संविधानले प्रदान गरेको जिम्मेवारी र अवसरलाई नागरिकले प्रत्यक्ष अनुभूति हुने गरी स्थानीय तहले काम गर्नुपर्दछ, संसद्ले निर्माण गर्ने कानुनको अन्तिम सफलता स्थानीय तहको प्रभावकारी कार्यान्वयमा निर्भर रहन्छ, स्थानीय तह भनेको नागरिकको अझ नजिकको सरकार हो”, उहाँले भन्नुभयो ।

सभामुख अर्यालले ‘सरकार मेरो लागि छ’ भन्ने नागरिकको चाहनाअनुरुप सरकारले काम गर्ने बताउनुभयो । कार्यापालिका, न्यायपालिका, व्यवस्थापिकाको ‘स्प्रीड’ले आमनागरिक तथा कर्मचारीवर्गले आत्मसम्मानपूर्वक महसुस गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

सभामुख अर्यालले संविधानको अक्षरस पालना गरेरै विधि, सिद्धान्त, कानुन, ऐन परिमार्जन र संशोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो र हुर्कँदै गरेको पु्स्ताको आवश्यकतालाई हेरेर संविधान संशोधन गर्नुपर्दछ, त्यसमा सबै राजनीतिक दल, क्षेत्र तथा व्यक्तिको भावना समेटिइनुपर्छ ।”

त्यस अवसरमा सभामुख अर्यालले गत प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचितद्वय मधुकुमार चौलागाईं र बदन भण्डारी, समानुपातिक सांसद राम लामा तथा विभिन्न विधानमा उत्कृष्ट जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई सम्मान गर्नुभयो ।
जिल्ला समन्वय प्रमुख दीपक गौतमले आगामी आर्थिक बर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै
२०८३ कार्तिक २, सोमबार
नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा
२०८३ कार्तिक २, सोमबार
ट्रम्पको इन्धन मूल्य घटाउने प्रयास : रुससँग डिजेल आपूर्ति सम्झौता अन्तिम चरणमा
२०८३ कार्तिक २, सोमबार
नवरात्रको नवौँ दिन : आज पनि महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
२०८३ कार्तिक २, सोमबार
दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
२०८३ कार्तिक २, सोमबार
भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण
२०८३ कार्तिक २, सोमबार
आजको मौसमः माैसम सामान्यतया सफा रहने
२०८३ कार्तिक २, सोमबार