कार्तिक २, २०८३ सोमबार October 19, 2026

सभामुखले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

प्रतिनिधीसभा बैठक अगावै दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, जेठ २४ । सभामुख डोलप्रसाद अर्यालले भोली सोमबार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली नयाँ आएपछि पुरानो कार्यव्यवस्था परामर्श समिति स्वतः विघटन भएको छ। नयाँ समिति नबनेकाले सदनको कार्यसूचीबारे छलफल गर्न सभामुख अर्यालले सोमबार बिहान साढे ९ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा बस्नेगरी सदनमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।

अहिलेसम्म प्रतिनिधिसभा प्रतिनिधिसभा नियमावली २०७९ अनुसार चलिरहेको थियो। जेठ १७ गते विपक्षी दलहरूले घेरा गर्दागर्दै प्रतिनिधि सभा नियमावली २०८३ पारित भएको थियो । त्यसपछि विपक्षी दलहरूले सदनलाई कार्यसूचीमा प्रवेश गर्न नदिएकाले नयाँ कार्यव्यवस्था परामर्श समिति बन्न सकेको छैन। भोलि नै दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै
२०८३ कार्तिक २, सोमबार
नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा
२०८३ कार्तिक २, सोमबार
ट्रम्पको इन्धन मूल्य घटाउने प्रयास : रुससँग डिजेल आपूर्ति सम्झौता अन्तिम चरणमा
२०८३ कार्तिक २, सोमबार
नवरात्रको नवौँ दिन : आज पनि महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
२०८३ कार्तिक २, सोमबार
दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
२०८३ कार्तिक २, सोमबार
भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण
२०८३ कार्तिक २, सोमबार
आजको मौसमः माैसम सामान्यतया सफा रहने
२०८३ कार्तिक २, सोमबार