जेठ २७, २०८३ बुधबार June 10, 2026

विपक्षीको अवरोध हटेपछि प्रतिनिधिसभा बैठक सुरु

सरकारका तर्फबाट त्यस विषयमा आजको बैठकमा प्रष्ट पारिने समझदारीपश्चात् बैठक सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २७ जेठः विपक्षी दलहरूको अवरोध हटेसँगै प्रतिनिधिसभा बैठक निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको छ । आज अपराह्न २ः०० बजेका लागि निर्धारण गरिएको बैठक ३ः१५ बजे सुरु भएको हो ।

प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ १७ गतेको बैठकमा नेपाल–भारत सीमा सम्बन्धमा दिनुभएको अभिव्यक्तिलाई लिएर विपक्षीहरूले यसबीचका बैठकहरू अवरुद्ध गर्दै आएकामा सरकारका तर्फबाट त्यस विषयमा आजको बैठकमा प्रष्ट पारिने समझदारीपश्चात् बैठक सुरु भएको हो ।

बैठकमा अहिले आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा ध्यानाकर्षण गराइरहनुभएको छ ।

बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा आव २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुने र छलफलका क्रममा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने कार्यसूची छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–१६ क्रिकेट उपाधि डिएभीले जित्यो
२०८३ जेठ २७, बुधबार
मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ : कांग्रेस नेता आङदेम्बे
२०८३ जेठ २७, बुधबार
नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन : एमाले नेता थापा
२०८३ जेठ २७, बुधबार
प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति
२०८३ जेठ २७, बुधबार
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
२०८३ जेठ २७, बुधबार
श्रमबजारका चुनौती सामना गर्न नीतिगत लचकतामा जोड
२०८३ जेठ २७, बुधबार
एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण कार्य शुभारम्भ
२०८३ जेठ २७, बुधबार