कार्तिक २, २०८३ सोमबार October 19, 2026

नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २९ शुक्रबार ११ः०० बजे बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २८ जेठः प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै सो प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गर्नुभएको हो ।

अर्थमन्त्री डा वाग्लले ‘नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस भन्ने प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयकमाथि सांसदहरु डा पुष्पराज कँडेल, श्रद्धा कुँवर, समीक्षा बास्कोटा, गुरुप्रसाद बराल, आरेन राई, लीमा अधिकारी आचार्य, कमल सुवेदी र कृष्णहरि बुढाथोकीले आफ्नो धारणा राख्नुभएको थियो ।

अर्थमन्त्री डा वाग्लेले राष्ट्र बैङ्कलाई स्वतन्त्र र स्वायत्तरूपमा काम गर्न सकोस भन्ने उद्देश्यले यो ऐन ल्याउन जरुरी भएको बताउनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २९ शुक्रबार ११ः०० बजे बस्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दै
२०८३ कार्तिक २, सोमबार
नेपाली महिला यु–१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा
२०८३ कार्तिक २, सोमबार
ट्रम्पको इन्धन मूल्य घटाउने प्रयास : रुससँग डिजेल आपूर्ति सम्झौता अन्तिम चरणमा
२०८३ कार्तिक २, सोमबार
नवरात्रको नवौँ दिन : आज पनि महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने
२०८३ कार्तिक २, सोमबार
दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
२०८३ कार्तिक २, सोमबार
भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण
२०८३ कार्तिक २, सोमबार
आजको मौसमः माैसम सामान्यतया सफा रहने
२०८३ कार्तिक २, सोमबार