कार्तिक ६, २०८३ शुक्रबार October 23, 2026

अमेरिकन प्रतिनिधिसँग प्रधानमन्त्रीले भेटे नभेटको बारेमा संसदमा प्रश्न

अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर नेपालमा रहेको पुष्टि भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंं, ८ भदौं। कांग्रेस सांसद खड्ग शाहीले प्रधानमन्त्रीको मुस्ताङ भ्रमणका बेलामा अमेरिकी प्रतिनिधिसँग भेट भए/नभएकोबारे प्रश्न उठेको छ।

नेपाली कांग्रेसका सांसद खडग शाहीले आजको बैठकमा अमेरिकी अधिकारी मुस्ताङ पुगेको कुरा बाहिरिएको भन्दै प्रश्न उठाएका हुन ।

“प्रधानमन्त्रीको मुस्ताङ भ्रमणलाई निजी भ्रमण भनिएको छ । तर, सोही समयमा अमेरिकी पक्षका प्रतिनिधि मुस्ताङ पुगेको चर्चा सार्वजनिक भएको छ,” उनले भने ।

अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर नेपालमा रहेको पुष्टि भएको उनले दाबी गरेका छन ।

प्रधानमन्त्री मुस्ताङ जानुको उद्देश्यबारे सरकारले  जानकारी नगराएको भन्दै उनको प्रश्न छ ।

“अमेरिकी प्रतिनिधि को–को मुस्ताङ पुगेका थिए ? उनीहरूको पद र जिम्मेवारी के हो ? उनीहरू मुस्ताङ किन गएका हुन् ? प्रधानमन्त्रीज्यू र अमेरिकी प्रतिनिधिबीच मुस्ताङमा छलफल भएको हो वा होइन ?,” सांसद शाहीको प्रश्न छ।

जनतालाई प्रधानमन्त्रीले  तथ्य जानकारी गराउनुपर्ने उनले  बताए । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए
२०८३ कार्तिक ७, शनिबार
क्षतिग्रस्त सडकको पुनर्निर्माण र सुरक्षित आवास छिट्टै हुन्छ : मन्त्री लम्साल
२०८३ कार्तिक ६, शुक्रबार
नारायणी कटान नियन्त्रण र माडीका समस्या समाधानमा मन्त्री गौतमको चासो
२०८३ कार्तिक ६, शुक्रबार
भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक
२०८३ कार्तिक ६, शुक्रबार
International Day of the Snow Leopard: Climate change reducing this big cat’s habitat
२०८३ कार्तिक ६, शुक्रबार
साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त
२०८३ कार्तिक ६, शुक्रबार
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा
२०८३ कार्तिक ६, शुक्रबार