असोज ८, २०८३ बिहिबार September 24, 2026

यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत

ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरेसहित ७ जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (एमाले) को चार दिनसम्म ललितपुरको भनिमण्डलमा बसेको केन्द्रीय कमिटी बैठकले समसामयिक राजनीतिक, सामाजिक तथा संगठनात्मक विषयमा २२ बुँदे निर्णय गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बैठकले अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। बैठकले पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वमा दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको छ।

त्यसैगरी, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरेसहित सात जनालाई स्थायी कमिटी सदस्य तथा २० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ। पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी वक्तव्यमा बैठकका निर्णय सार्वजनिक गरिएको हो।

बैठकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको प्रभावकारी उद्धार, राहत र पुनर्स्थापनाको माग गरेको छ। जलवायु संकटको प्रभाव नेपालजस्ता विकासशील मुलुकले बढी भोग्नुपरेको उल्लेख गर्दै एमालेले विपद् व्यवस्थापनमा सरकारको भूमिका प्रभावकारी हुन नसकेको आरोप लगाएको छ।

एमालेले सुरुङमा फसेका प्राविधिकहरूको उद्धारमा विदेशी सहयोग नलिने सरकारी नीतिको समेत आलोचना गर्दै तत्काल उद्धार तथा राहतसँगै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र विस्थापित परिवारको पुनर्स्थापनामा जोड दिएको छ।

समसामयिक राजनीतिक विषयमा बैठकले नयाँ सरकार गठनलगत्तै अध्यक्ष ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेलमाथि राजनीतिक प्रतिशोधका आधारमा कदम चालिएको भन्दै त्यसको भर्त्सना गरेको छ।

बैठकले भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गर्न सक्षम न्यायिक आयोग गठन गर्न तथा विगतमा गठित आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। साथै, सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिकलाई विस्थापित गर्ने कार्य रोक्न सरकारसँग आग्रह गरेको छ।

संविधान संशोधनका नाममा संविधानको आधारभूत संरचना कमजोर पार्न खोजिएको, ट्रेड युनियन, स्ववियु तथा सञ्चारमाध्यमको स्वतन्त्रतामाथि बन्देज लगाउन खोजिएको भन्दै एमालेले आपत्ति जनाएको छ। महँगी नियन्त्रण, ग्यासको सहज आपूर्ति र चर्को कर फिर्ताको माग गर्दै बैठकले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीबाट संसद्मा व्यक्त अभिव्यक्तिप्रति समेत गम्भीर चिन्ता व्यक्त गरेको छ।

बैठकले पार्टीका विगतका कमीकमजोरीको समीक्षा गर्दै पार्टीभित्र भावनात्मक एकता थप सुदृढ भएको निष्कर्ष निकालेको छ। साथै, पोलिटब्युरो, सल्लाहकार परिषद् तथा विभिन्न विभाग गठन गर्ने अधिकार केन्द्रीय सचिवालयलाई प्रत्यायोजन गर्दै पार्टीको समग्र पंक्तिलाई आगामी निर्वाचनको तयारीमा जुट्न आह्वान गरेको छ।

पूर्णपाठ हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
२०८३ असोज ८, बिहिबार