वैशाख २०, २०८१ बिहिबार May 2, 2024

नेबिसंघ अध्यक्ष माथी कोहलपुरमा आक्रमणको प्रयास: २ जना प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: नेबिसंघ कोहलपुरका अध्यक्ष बिवेक शाहीमाथि आक्रमणको प्रयास गर्ने दुई जना पक्राउ परेका छन् ।

आइतबार बेलुका कोहलपुर नेबिसंघका अध्यक्ष शाहीले साथी बिश्वाश बुढाको जन्मदिन मनाउदै गर्दा बाहिरबाट आएर आक्रमण गर्न खोज्ने दुई जनालाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो ।

केही समुहले काम छ भन्दै नेबिसंघ अध्यक्षलाई बाहिर बोलाएर आक्रमण गरेको बुढाले बताए । कोहलपुर प्रहरीले आक्रमणको प्रयास गर्दै गर्दा कोहलपुरका टोले गुण्डा दिपेन्द्र कुँवर र सुरेश अधिकारीलाई  पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेर प्रहरी गाडीमा राख्न खोज्दा गाडीबाट हाम फालेर फरार हुन खोज्ने र पक्राउ गर्न खोज्दा निजहरुले प्रहरी माथी समेत दुव्र्यवहार गरेका थिए । घटनामा संलग्न दुइ जनालाई पक्राउ पश्चात स्वास्थ्य परिक्षण गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया