असोज २३, २०८३ शुक्रबार October 9, 2026

काँग्रेस महाधिवेशन : मतदातासँग मत माग्दै गगन थापा

मतदातालाई कसैको भड्काउमा नपरी स्वेच्छाले मतदान गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले मतदातासँग मत मागेका छन् । लाइनमा बसेका मतदातासँग उनले मत मागेका हुन् ।

पार्टीको १५ औँ महाधिशेन गत वर्षको मंसिरमै गर्ने निर्णय केन्द्रीय कार्यसमितिले गत वर्षको असोजमै गरेको भए पनि नेतृत्वले आलटाल गरेपछि पार्टीलाई विधिको शासनमा डोहोर्याउनका लागि विशेष महाधिवेशन गराएरै संविधान सम्मत बनाएर थापा नेतृत्वमा आएका थिए ।

उनकै नेतृत्वमा पार्टी गत फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा होमिएको थियो । उनले यसपालि पनि समयमै महाधिवेशन गराएर पार्टीलाई विधान सम्मत नै अगाडि बढाएका छन् ।

उनले मत मागिरहँदा मतदाता भने निकै उत्साही देखिए ।

उनीसँग काठमाडौँ ६ का श्यामकृष्ण खड्गीले सभापतिमा प्रतिस्पर्धा गरेका छन् । खड्गी पहिलो पटक केन्द्रीय कार्यसमितिमा चुनाव लडिरहेका हुन् ।

लामो समयदेखि कांग्रेस राजनीतिमा रहेका गगन थापा भने पहिलो पटक केन्द्रीय सदस्य हुँदा सर्वाधिक मतसहित शीर्ष स्थानमा रहेर चुनाव जितेका थिए । उनी यसअघि महामन्त्रीसमेत भएका थिए ।

जेन–जी आन्दोलनपछि पार्टी नीति पनि समाज सुहाउँदो परिवर्तन गर्दै लैजानु पर्छ भनी अग्रसर भएका थापा विशेष महाधिवेशन सफल पारी पार्टीलाई यहाँसम्म डोहोर्याएर लिएर आएका छन् ।

उनले मतदातालाई कसैको भड्काउमा नपरी स्वेच्छाले मतदान गर्न आग्रह गरेका छन् । उनले बिहानमात्रै सामाजिक सञ्जालमा लेख्दै कुनै समूह नबनेको भन्दै बिना दबाब मतदान गर्न आग्रह गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृह मन्त्रालयमा पुग्यो एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको प्रतिवेदन
२०८३ असोज २३, शुक्रबार
म्याग्दीका छ वटै स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
२०८३ असोज २३, शुक्रबार
केन्याले पहिलो पटक इबोला भाइरसको संक्रमण पुष्टि गरेसँगै देशभर स्वास्थ्य शतर्कता उच्च
२०८३ असोज २३, शुक्रबार
सुनचाँदीको मूल्यमा वृद्धि
२०८३ असोज २३, शुक्रबार
कांग्रेस महाधिवेशनको मतदान : दुई घण्टामा १ हजार २९३ मत खस्यो
२०८३ असोज २३, शुक्रबार
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते
२०८३ असोज २३, शुक्रबार
Gagan Thapa Seeks Votes from Delegates in Nepali Congress Leadership Election
२०८३ असोज २३, शुक्रबार