असोज २४, २०८३ शनिबार October 10, 2026

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले पाए ३७५ मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं।  नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट गगन कुमार थापा नयाँ सभापतिमा निर्वाचित भएका छन्। महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न मतदानको मतगणना काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा राति अबेरसम्म चलेर भर्खरै सकिएको हो।

महाधिवेशन मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार अन्तिम मतपरिणाम अनुसार नवनिर्वाचित सभापति थापाले ६ हजार ५८४ मत प्राप्त गरी शानदार जित हासिल गरेका हुन्।

उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत मात्र प्राप्त गरे। निर्वाचन समितिका अनुसार कुल ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिहरू रहेकोमा ७ हजार ३९ जनाले मतदान गरेका थिए, जसमध्ये ५४ मत बदर भएको थियो।

नेपाली कांग्रेसको नेतृत्वमा थापाको यो विजयलाई ऐतिहासिक पुस्तान्तरण र रूपान्तरणका रूपमा हेरिएको छ। नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै राजनीतिमा उदाएका थापा १४ औं महाधिवेशनमा भारी मतका साथ महामन्त्री निर्वाचित भएका थिए।

स्वास्थ्य मन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हालिसकेका थापा युवा पुस्तामाझ लोकप्रिय नेता मानिन्छन्। पार्टीभित्र नीतिगत र सांगठनिक सुधारको एजेन्डा बोक्दै आएका थापाको सभापति पदमा आगमनसँगै कांग्रेस राजनीतिमा नयाँ अध्यायको सुरुवात भएको छ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार