कार्तिक १६, २०८३ सोमबार November 2, 2026

चितवन राइनोजले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

अब सुदूरपश्चिम रोयल्सले जितका लागि निर्धारित २० ओभरमा १३० रन बनाउनुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो।

चितवनका लागि रवि भोपाराले सर्वाधिक ४९ रनको योगदान दिए। उनले टोलीको इनिङ्स सम्हाल्दै महत्त्वपूर्ण रन जोडे पनि अर्धशतक पूरा गर्न भने सकेनन्।

त्यस्तै, डेविड मलानले १६ रन बनाए भने अर्जुन साउद र सिकन्दर राजाले समान १५–१५ रन जोडे। विवेक यादवले १७ रनको योगदान दिए।

बलिङतर्फ सुदूरपश्चिम रोयल्सका स्कट कुगालिनले उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेट लिए। त्यस्तै, हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक–एक विकेट हात पारे।

अब सुदूरपश्चिम रोयल्सले जितका लागि निर्धारित २० ओभरमा १३० रन बनाउनुपर्नेछ। चितवनले दिएको लक्ष्य पछ्याउँदै सुदूरपश्चिम मैदानमा उत्रिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८३ कार्तिक १६, सोमबार
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
Minister Dr Timilsina holds extensive discussion on Integrated Postal Office issues
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
२०८३ कार्तिक १६, सोमबार