मंग्सिर १२, २०८३ शनिबार November 28, 2026

हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी

अमेरिकी नौसैनिक नाकाबन्दीलाई वासिङ्टनको रणनीतिक कमजोरीको सङ्केत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

तेहरान, मङ्सिर १२ गते ।  इरानले हर्मुज जलघाँटीको पूर्वी क्षेत्रदेखि उत्तरी हिन्द महासागरसम्मको रणनीतिक जलक्षेत्र आफ्नो नौसेनाको नियन्त्रणमा रहेको दाबी गरेको छ । अमेरिका र इरानबीच समुद्री तनाव बढिरहेका बेला इरानी सेनाले यस्तो दाबी गरेको हो ।

सरकारी प्रसारक आइआरआइबीका अनुसार इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल मोहम्मद अक्रमिनियाले नौसेनाले उक्त क्षेत्रमा निगरानी र सुरक्षा कायम राखेको बताउनुभयो । उहाँले यसअघि इराकको तत्कालीन बाथिस्ट नौसेनालाई पराजित गरेको प्रसङ्ग उल्लेख गर्दै वर्तमान द्वन्द्वमा पनि इरानी नौसेनाले आफ्नो नियन्त्रण कायम राखेको दाबी गर्नुभयो ।

यसैबीच, इरानी नौसेना कमान्डर एडमिरल सहराम इरानीले अमेरिकी नौसैनिक नाकाबन्दीलाई वासिङ्टनको रणनीतिक कमजोरीको सङ्केत बताउनुभएको छ । उहाँले नाकाबन्दीका बाबजुद इरानका बन्दरगाह सञ्चालनमा रहेको र आफ्ना जहाजलाई सुरक्षा दिइएको दाबी गर्नुभयो । युद्धको दोस्रो दिन अमेरिकी विमानवाहक युद्धपोत युएसएस अब्राहम लिङ्कनमाथि इरानले प्रहार गरेको उहाँको दाबी भने स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले नाकाबन्दी उल्लङ्घन गर्ने प्रयास गरेको पलाउको झण्डावाहक व्यावसायिक जहाज एमभी प्यासिफिक आर्चरलाई शुक्रबार निष्क्रिय बनाएको जनाएको छ । पटकपटक चेतावनी दिँदा पनि निर्देशन पालना नगरेपछि जहाजको सञ्चालन प्रणालीमा सटीक हतियार प्रहार गरिएको र त्यसमा रहेका चालकदलका सदस्य सुरक्षित रहेको सेन्टकमले जनाएको छ ।

सेन्टकमका अनुसार नाकाबन्दी पालना नगर्ने छवटा जहाज निष्क्रिय पारिएका छन् भने अन्य १५८ वटा व्यापारिक जहाजको मार्ग परिवर्तन गराइएको छ । राससएएनआई

यसैबीच, इरानी सरकारी प्रसारक आइआरआइबीले हर्मुज जलघाँटीमा अनुमति नलिएको समुद्री मार्गबाट अघि बढ्न खोजेको एउटा तेल ट्याङ्कर समुद्री बारुदी सुरुङमा ठोक्किएर विस्फोट भएको जनाएको छ । घनाम टापुको उत्तरतर्फ भएको भनिएको उक्त घटनाको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारी सूचीकरणविरुद्ध नेवार समुदायको आपत्ति, दलित आयोग खारेजीको माग
२०८३ मंग्सिर १२, शनिबार
हर्मुजदेखि उत्तरी हिन्द महासागरसम्म नियन्त्रण रहेको इरानको दाबी
२०८३ मंग्सिर १२, शनिबार
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सङ्घीयताको मर्म बमोजिम सञ्चालन
२०८३ मंग्सिर १२, शनिबार
भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
२०८३ मंग्सिर १२, शनिबार
शक्तिखोर औद्योगिक क्षेत्रको काम अघि बढाउन मन्त्री लम्सालको निर्देशन
२०८३ मंग्सिर १२, शनिबार
वर्षौँदेखि अवरुद्ध योजना सञ्चालनमा ल्याउने मन्त्री रावलको प्रतिबद्धता
२०८३ मंग्सिर १२, शनिबार
युवाको नेतृत्व र व्यक्तित्व विकासमा जेसिजको योगदान महत्त्वपूर्ण : प्रदेश प्रमुख भट्ट
२०८३ मंग्सिर १२, शनिबार