श्रावण १२, २०८३ मंगलबार July 28, 2026

अदालतको निर्णय स्वीकार्य नेता कोइराला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपाली कांग्रेस मोरङ क्षेत्र नं ६ ले संसद् विघटनको विरोधमा आज यहाँ र्याली र कोणसभाको आयोजना गरेको छ ।

वीरेन्द्र सभागृहबाट निकालिएको र्याली नगरपरिक्रमापश्चात् जनआन्दोलन चोकमा कोणसभामा परिणत भएको थियो । सो कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसद् विघटनसम्बन्धी सर्वोच्च अदालतको निर्णय स्वीकार्य हुने बताउनुभयो ।

उहाँले कांग्रेस वामपन्थीसँग सहकार्य गरी सरकारमा सहभागी नहुने प्रष्ट पार्दै एक्लै निर्वाचनको तयारीका लागि पालिकास्तरमा विरोधसभा गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्रीय सदस्य डा कोइरालाले राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सवल बनाउने जिम्मेवारी नेकाको काँधमा आएको छ भन्नुभयो ।

अर्का केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले संसद् विघटनबाट संविधान कार्यान्वयनमा अवरोध सिर्जना भएको आरोप लगाउँदै विधिको शासन स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । सांसद रमेशजङ्ग रायमाझीले वर्तमान सरकार शिक्षा, स्वास्थ्य र नागरिकको उपचार कार्यमा लाग्नुपर्ने बताउनुभयो ।

प्रदेश नं १ प्रदेशसभामा प्रतिपक्षी दलका प्रमुख सचेतक केदार कार्कीले जनताको अधिकार स्थापित गराउन सडक आन्दोलन जारी रहने छ भन्नुभयो । (रासस)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण १२, मंगलबार
कर्णाली मुख्यमन्त्रीमा मंगल शाही नियुक्त
२०८३ श्रावण १२, मंगलबार
गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु: देउवा
२०८३ श्रावण १२, मंगलबार
राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त
२०८३ श्रावण १२, मंगलबार
शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह
२०८३ श्रावण १२, मंगलबार
प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो
२०८३ श्रावण १२, मंगलबार
प्रस्तावित निर्वाचन आयुक्तको सुनुवाइ सुरु
२०८३ श्रावण १२, मंगलबार