वैशाख १८, २०८१ मंगलबार April 30, 2024

२५ जुवाडेलाई ७ दिन थुनामा राख्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । महाराजगञ्जमा शनिबार राति चलाइएको जुवा अपरेसनमा पक्राउ परेका २५ जना जुवाडेलाई सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई जुवाडेविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको हो ।

तिहारको समयमा महाराजगञ्जको एक घरमा जुवा खेलिरहेका वेला दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक ताससहित उनीहरु पक्राउ परेका थिए ।

अदालतका एक अधिकारीले म्याद थप भएको पुष्टि गरेका छन् ।

अभियुक्तहरुले प्रहरीले आफूहरुलाई गैरकानूनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । पक्राउ परेका क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामाले सर्वोच्चमा प्रहरीविरुद्ध रिट दायर गरेका थिए ।

तर, आइतबार, सोमबार र बुधबार वेग्लावेग्लै निवेदन परेपछि बुधबार अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीले सबै निवेदनलाई साथमै राख्न आदेश दिएका थिए । उनीहरुलाई बिहीबार प्रहरीले सर्वोच्चमा उपस्थित गराउन लागेको छ ।

कारबाहीको व्यवस्था

जुवा खालबाट समातिएकाविरुद्ध मुलुकी अपराध संहिताको सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने अभियोगमा म्याद थपिएको हो ।

जसअनुसार अभियोग प्रमाणित भए पहिलो पटक खेल्ने वा खेलाउनलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना, दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनलाई एक वर्षसम्म कैद र पचार हजार रुपैयाँसम्म जरिवाना र तयसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

जुवासम्बन्धी कसूरमा प्रहरीले २५ दिनभित्र अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाउनुपर्छ भने मुद्दाको सुनुवाइ प्रमुख जिल्ला अधिकारीले गर्ने कानूनी व्यवस्था छ ।

नेपाल प्रहरीले तिहारमा चलाएको जुवा अपरेशनका क्रममा ४ सय ६५ जुवाडे पक्राउ परेका छन् भने ३ करोड ३० रुपैयाँ बरामद भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोलम्बियामा सैनिक हेलिकप्टर दुर्घटना हुँदा नौ सैनिकको मृत्यु
२०८१ वैशाख १८, मंगलबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
२०८१ वैशाख १८, मंगलबार
दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी
२०८१ वैशाख १८, मंगलबार
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार