असार २४, २०८२ मंगलबार July 8, 2025

क्रोम ब्राउजरलाई तुरुन्तै अपडेट गर्न गुगलको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गुगल क्रोम ब्राउजर अहिले विश्वको सबैभन्दा लोकप्रिय वेब ब्राउजर हो । विश्वमा क्रोम ब्राउजरका करोडौँ प्रयोगकर्ताहरु छन् । यदि क्रोम ब्राउजर प्रयोग गर्नुहुन्छ भने यो तपाईंका लागि निकै महत्वपूर्ण खबर बन्न सक्दछ । किनकी गुगलले आफ्ना सबै क्रोम ब्राउजर प्रयोगकर्तालाई ब्राउजरको लेटेस्ट भर्सन अपडेट गर्न आग्रह गरेको छ ।

गुगलले क्रोमका लागि ह्याकिङ प्रतिरोधी सफ्टवेयर जारी गरेको छ । क्रोममा उक्त सफ्टवेयर अपडेट गर्नाले वेब ब्राउजरमा ह्याकिङको जोखिम नहुने गुगलले जनाएको छ । ब्राउजर अपडेट नगर्दा क्रोमबाट लगइन गरिने अकाउन्टहरु ह्याक हुने जोखिम हुन्छ ।

पूरानो भर्सनको क्रोम ब्राउजरमा पछिल्लो समयमा ह्याकिङको खतरा लगातार बढ्दै गएको छ । ह्याकरहरुले सजिलैसँग ब्राउजर मेमोरीमा स्टोर भएका डाटालाई करप्ट गर्ने वा मोडिफाइ गर्न सक्दछन् । साथै ह्याकरहरुले यस मार्फत प्रयोगकर्ताको डिभाइससम्मै भर्चुअल पहुँच कायम गर्दछन् । सोही खतरालाई हटाउनका लागि क्रोम ब्राउजरमा नयाँ अपडेट लागू गरिएको गुगलले जनाएको छ । केही दिनभित्रैमा यो अपडेट सबै प्रयोगकर्तालाई उपलब्ध हुने गुगलको भनाइ छ ।

गुगलले आइओएस, म्याक, विन्डोज तथा लिनक्स ब्राउजरलाई क्रोम ७८ मा अपडेट गरेको छ । आइफोन प्रयोगकर्ताले यो अपडेटसँगै सिस्टम वाइड डार्क मोड प्राप्त गर्नेछन् । त्यस्तै डेस्कटप भर्सनमा समेत विभिन्न नयाँ फिचरहरु थप गरिएको छ ।

एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार