असोज १४, २०८३ बुधबार September 30, 2026

कात्तिक २३ गते टुँडिखेल मानव साङ्लोले घेर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । विश्व स्वतन्त्रता दिवसको अवसर पारेर टुँडिखेल मानव साङ्लोले घेरिने भएको छ।

टुँडिखेल अतिक्रमणमुक्त गर्ने नागरिक अभियान ‘अकुपाई टुँडिखेल’ले कात्तिक २३ गते यस्तो कार्यक्रम आयोजना गरेको हो।

‘स्वच्छ, खुला टुँडिखेलको लागि नागरिक सचेतना तथा जनदबाब अभियान’ भन्ने मूल नाराका साथ प्राकृतिक, सांस्कृतिक, राजनीतिक, ऐतिहासिक र सामाजिक महत्व बोकेको टुँडिखेल अतिक्रमण हुँदै गइरहेको प्रति अभियानले विरोधका कार्यक्रमसमेत सार्वजनिक गरेको छ।

टुँडिखेल क्षेत्रमा बसपार्क, अनधिकृत पसल सञ्चालन, अनधिकृत पार्किङ, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने काम भएकाले सचेतनाका लागि ‘अकुपाई टुँडिखेल’ अभियान चलाउनु परेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ।

अभियानका संयोजक विजय श्रेष्ठद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कुनै समय एसियाकै ठूलो परेड मैदानको रुपमा रहेको टुँडिखेल हामी सबैका लागि एक महत्वपूर्ण क्षेत्र हो। यसको अतिक्रमणले महत्वपूर्ण सम्पत्ति गुमाउने अवस्था आएकाले हामीले अभियान चलाएका हौँ।’

‘अकुपाई टुँडिखेल’ अभियान यही शनिबार बिहान ८ बजेदेखि सुरु हुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार