भाद्र २८, २०८३ आइतबार September 13, 2026

अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान बनाउने काम सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदानको काम सुरु भएको छ ।

रंगशालाको डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएपछि सोहीअनुसार पहिलो चरणमा मैदानको काम सुरु भएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसले जानकारी दिएका छन ।

रंगशालामा अहिले मैदानको ड्रेनएजको काम भैरहेको छ । मैदान ‘लो ल्याण्ड’मा रहेकोले ३.५ फिट माटो भर्ने कामलाई पनि सँगसँगै अघि बढाइएको अध्यक्ष कट्टेलले बताएका छन ।

‘अहिले ड्रेनऐजबाट निस्किएको माटो र स्टक ग्राभेलको प्रयोग गरेर मैदान फिलिङको काम गरिरहेका छौं,’ अध्यक्ष कट्टेलले भन, ‘दैनिक ७ वटा मेशिन चलाएर काम गरिरहेका छौं, हिउँद लागेकोले काम गर्न पनि सजिलो हुन थालेको छ, काम युद्धस्तरमा अघि बढेको छ ।’

डीपीआर अनुसार मैदानको लेआउटको काम सुरु भएको छ । सोहीअनुसार मैदान बनाउन थालिएको अध्यक्ष कट्टेलले बताएका छन।

मैदानको पिचबाट रेडियस ७५ मिटर कायम गरिएको छ । क्यूरेटर कोमलबहादुर पाण्डेले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको मैदानका लागि आवश्यक रेडियस सेन्टरबाट ७५ मिटर कायम गरेर लेआउट गरी ड्रेनको काम थालिएको बताएका छन ।

यसअघि यसलाई ७० मिटर राख्ने योजना थियो । मैदानमा पाँच वटा पिच निर्माण गर्ने योजना छ । मूल पिचको दायाँबायाँ थप दुई(दुई वटा पिच निर्माण गरिने छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको मापदण्डअनुसारको मैदान र पिच निर्माण गरिनेछ । पिचको स्टाण्र्डड साइज १० फिट चौडाई र ६६ फिट लम्वाईलाई मानिन्छ ।

फाउण्डेशनका अध्यक्ष कट्टेलले डीपीआरमा केही सुधानुपर्ने सुझावहरु पनि आएकोले केही समय लिएको बताएका छन । उनले सकभर निर्माण बजेटलाई घटाउने प्रयास भैरहेको बताएका छन ।

देशका ७७ वटै जिल्लाको प्रतिनिधित्व हुने गरी बाहिरबाट देखिने कमलको फूलको प्रकृतिलाई मिलाउने प्रयास भैरहेको फाउण्डेशनका अध्यक्ष कट्टेलको भनाइ छ । ‘७७ वटै जिल्लाको प्रतिनिधित्व मिलाउने गरी प्याराफिटभित्रै कक्ष बनाउन मिल्ने गरी काम गरिरहेका छौं अध्यक्ष कट्टेलले भने, ‘विज्ञहरुले त्यसलाई हल्का मिलाउने काम गरिरहनुभएकोले बाँकी प्रस्तुतीकरणका लागि ढिला भएको हो ।’

झण्डै तीन अर्बको लागतमा बन्ने रंगशालामा ३० हजार जना अट्ने क्षमता हुनेछ । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने रंगशालामा क्रिकेट स्टेडियमसँगै फुटवल मैदान, स्वीमिङ पुल र कर्भड हल पनि बनाउने योजना छ । क्रिकेट स्टेडियममा दुई भीआईपी प्याराफिट रहनेछन् । ती दुई प्याराफिट नेपाली मौलिक कलात्मक हुनेछ ।

डीपीआर स्वीकृतीका लागि महानगरपालिकामा पेश गर्ने तयारी छ । साथै डीपीआरका बारेमा युवा तथा खेलकुद मन्त्रालय, खेलकुद परिषद्, क्रिकेट एसोसियन र विज्ञहरुसँग पनि प्रस्तुतीकरण गर्न बाँकी रहेको फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए । वातावरणीय प्रभाव मूल्याङ्कन र माटो परीक्षणको काम पनि सकिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव
२०८३ भाद्र २८, आइतबार
मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ
२०८३ भाद्र २८, आइतबार
समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
२०८३ भाद्र २८, आइतबार
जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ: ऊर्जामन्त्री श्रेष्ठ
२०८३ भाद्र २८, आइतबार
एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
२०८३ भाद्र २८, आइतबार
मधेसमा इन्जिनियरिङ अध्ययनका लागि क्याम्पस खोल्ने तयारी
२०८३ भाद्र २८, आइतबार
पशुपतिनाथ मन्दिर बिहान ३ बजेदेखि चारै ढोका खोलिने, सुरक्षा व्यवस्था कडा
२०८३ भाद्र २८, आइतबार