भाद्र ९, २०८३ मंगलबार August 25, 2026

डा. केसीलाई अनसन त्याग्न शिक्षामन्त्रीको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल सरकारको निर्णय नमान्ने मेडिकल सञ्चालकहरुलाई कारबाही गरिने भएको छ। शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पत्रकार सम्मेलन गर्दै मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको बताएका छन ।

सोमबार युनेस्कोको बैठकमा सहभागी हुने बारे आफ्नो मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय निर्णय भएको बताएका छन ।

यस बारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आज पत्र लेखेर जानकारी गरिने पनि उनले बताएका छन । मन्त्रालयले त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालयका उपकुललपति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्षसहित राखेर गरेको मन्त्रीस्तरीय बैठकले १५ दिनको अल्टिमेटम दिने निर्णय गरेको हो ।

यता निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्की दिँदै आएका छन् । यस्तै पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले अनसनरत डा. गोविन्द केसीलाई अनसन छोडेर कानून कार्यान्वयनमा सघाउन अनुरोध गरेका छन् ।

डा. केसीको मागलाई सम्बोधन गर्दै सरकारले कार्यान्वयन गर्न सुरु गरेको मन्त्री पोखरेलले बताएका छन । अहिले देश सीमा विवादमा अल्झिएर संवेदनशील भइरहेको अवस्थामा अनसन बसेर सरकारलाई अनावश्यक दबाब नदिन डा. केसिलाई आग्रह गरेका छन ।

डा. केसी विभिन्न माग राखी ८ दिन देखि डडेलधुरामा अनसन बसिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार
तिब्बती निर्वासित सरकारका राष्ट्रपतिको चेक गणतन्त्रका राजदूतसँग भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
एमालेका नेता बादल र रास्वपाकी सांसद इन्दिराले बोलेका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन
२०८३ भाद्र ८, सोमबार