काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयको नेपाल ल क्याम्पसले एलएलबी प्रथम वर्ष समूहमा भर्नाका लागि प्रवेश परीक्षामा आवेदन खुलाएको छ ।
त्रिविले कानून संकायको समावेशी कोटा सहित विद्यार्थी सिट संख्या छ सय स्थानमा सञ्चालन हुने तीन वर्षे एलएलबी तह शैक्षिक वर्ष २०७६/०७७ को प्रथम वर्षको प्रवेश परीक्षाको लागि आवेदन फाराम खुलाएको हो ।
प्रवेश परीक्षा आगामी जेठको २९ गते दिउँसो ११ बजेदेखी सञ्चालन हुने क्याम्पसले जनाएको छ ।
आवेदन वैशाख १४ गतेदेखी जेठ १३ गते सम्म खुला रहनेछ ।

प्रतिक्रिया