असोज ७, २०८३ बुधबार September 23, 2026

राष्ट्रिय सभामा रिक्त पदका लागि निर्वाचन आयोगद्वारा छलफल सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले छलफल सुरु गरेको छ।

आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभामा १९ जना सदस्यको पद रिक्त हुने भएपछि निर्वाचन आयोगले सोमबार निर्वाचनका लागि छलफल गरेको हो।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले संघीय संसदबाट पत्र पाप्त भएको बताउँदै १८ जना सदस्यको लागि निर्वाचन गर्नुपर्ने बताएका छन।
एक जना भने सरकारको सिफारीसमा राष्ट्रपतिले मनोनित गरी आउने उनले बताएका छन।

उनले प्रदेश १ मा ३ जना, प्रदेश २ मा ४ जना, प्रदेश ३ मा २ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश ५ मा ३ जना, कर्णाली प्रदेशम- २ जना र सुदूरपश्चिम प्रदेशमा २ जना गरी कुल १८ जनाको निर्वाचन गराउनु पर्ने बताएका छन।

यो निर्वाचनमा पनि अन्य निर्वाचनमा जस्तै दल दर्ता देखि प्रक्रिया सुरु गरी सदस्यहरुको पदावधि सकिनभन्दा ३५ दिन अघि नै नतिजा बुझाउनु पर्ने व्यवस्था ऐन ले गरेको छ। सोही अनुसार आगमी माघ १५ गतेभित्र निर्वाचन सम्पन्न गरी नतिजा बुझाउनुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाले बताएका छन।

छलपलमा परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले निर्वाचन आयोगले दिएको सुझावका आधारमा सरकारले मिति तोक्ने जनाउँदै आयोगले सबै प्रकृया पूरा गरी निर्वाचन गराउन सरकारको पूर्ण सहायोग रहने बताएका छन ।

राष्ट्रिय सभा सदस्यका लागि हुने यो निर्वाचनमा निर्वाचन मण्डमलमा सम्मिलित प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले संघीय कानुन बमोजिम मतदान गर्न पाउने छन्।

निर्वाचन मण्डलमा रहेका सबै तहका व्यक्तिहरुको मतको भार भने फरक फरक हुने छ । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा ३ जना महिला, १ जना दलित र १ जना अपांगता भएका व्यक्ति वा अलपसंख्यक सहित आठजना गरी ५६ जना निर्वाचनबाट आउने छन भने नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट कम्तिमा १ जना महिला सहित ३ जना मनोनित हुने व्यवस्था छ।

राष्ट्रिय सभामा कुल ५९ जना सदस्य रहने व्यवस्था रहेको छ। अहिले निर्वाचन हुने सदस्यहरुको पदावधि भने ६ वर्षको हुने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन
२०८३ असोज ७, बुधबार
राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस
२०८३ असोज ७, बुधबार
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा रहेनन्
२०८३ असोज ७, बुधबार
पार्टी पुनर्गठनका नाममा केपी ओली हटाउने षड्यन्त्र स्वीकार्य छैन : महेश बस्नेत
२०८३ असोज ७, बुधबार
कांग्रेसको ५१२ पालिकामा अधिवेशन जारी, २४१ पालिकामा असोज ८ र ९ गते हुदै
२०८३ असोज ७, बुधबार
PM Shah reminds everyone to pay heed to weather alert
२०८३ असोज ७, बुधबार
कार्यवाहक प्रधानमन्त्री र कार्यवाहक अमेरिकी राजदूतबिच भेटवार्ता
२०८३ असोज ७, बुधबार