वैशाख २१, २०८१ शुक्रबार May 3, 2024

९ जना राष्ट्रिय टिमका खेलाडीसहित मछिन्द्रको टिम घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको लागि टिम सार्वजनिक गरेको छ । राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन र यू-२३ टिमका कप्तान सुजल श्रेष्ठसहित राष्ट्रिय टिमका ९ खेलाडी समावेश गरी मछिन्द्रले टिम घोषणा गरेको हो ।

टिममा अभिषेक रिजाल, विजय धिमाल, विशाल श्रेष्ठ, विशाल राई, दीपक राई, वुद्ध चेमजोङ, देवेन्द्र तामाङ, हेमन गुरूङ, रंजित धिमाल, योगेश गुरूङ, सूर्य अधिकारीलगायत १७ जना रहेका छन् ।

ए डिभिजन लिग २०७६ को उद्घाटन खेलमा मछिन्द्रले भोलि (शनिबार) ब्रिगेड ब्वाईज क्लबसँग खेल्नेछ। यस्तै क्लबले लिगका लागि जर्सीसमेत सार्वजनिक गरेको छ।

क्लबका अध्यक्ष प्रवोध वीर सिंह कंसाकर, कप्तान विराज महर्जन र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायतले जर्सी सार्वजनिक गरेका हुन् ।

यस्त‌ै क्लबका मुख्य प्रायोजकमा सान मिगेल रहेको छ । अब क्लबले सान मिगेल मछिन्द्र क्लबको नामबाट लिग खेल्ने क्लबले जनाएको छ ।

एन्फा अध्यक्ष कर्मा छिरिङले मछिन्द्र क्लबले व्यावसायीकरण गर्नको लागि पाइला अगाडि सारेको बताएका छन । तर नेपाली क्लबहरु अझै पूर्ण रुपमा व्यावसायी भइनसकेकोले त्यसका लागि पहिले क्लब स्थापित हुनु पर्ने बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया