श्रावण ३, २०८२ शनिबार July 19, 2025

कांग्रेसको बैंक खातामा १२ करोड रुपैयाँ मौज्दात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसको विभिन्न वाणिज्य बैंकमा १२ करोड रुपैयाँ मौज्दात रहेको पाइएको छ । १ वर्षे मुद्दती निक्षेपमा १० करोड र बचत/चल्ती खातामा २ करोड जम्मा गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । २०७२/०७३ यता ४ करोड ९२ लाख ८७ हजार ३३९ रुपैयाँ वृद्धि भएको हो ।

१४औं महाधिवेशनमा पेश भएको प्रतिवेदनअनुसार कांग्रेसको सबै खर्च कटाएर कम्तीमा ८ करोड १६ लाख ६२ हजार ११६ रुपैयाँ बचतमा छ । गत आर्थिक वर्षसम्म ३ करोड ४ लाख ४९ हजार १०५ रुपैयाँ खर्च गरेकोमा ११ करोड २१ लाख ११ हजार २२१ रुपैयाँ कूल आम्दानी गरेको जनाएको छ ।

२०७६/०७७ मा चुनावका लागि र गत आर्थिक वर्ष कोभिड महामारी नियन्त्रणका लागि चन्दा तथा सहयोग प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।

चालू आर्थिक वर्षमा खुद स्थिर सम्पत्ति ५ करोड ५४ लाख ४३ हजार ४१० रुपैयाँ बराबर पुगेको देखिन्छ । २०७२/७३ मा सम्पत्ति ६ करोड ६० लाख ६९ हजार ७२८ रुपैयाँ थियो ।

खर्चलगायत दायित्व पूरा गरिसकेपछिको यस्तो सम्पत्ति भने १ करोड ६ लाख २६ हजार ३१८ रुपैयाँले घटेको देखिन्छ । कांग्रेससँग नगद र नगदमा परिणत हुने खुद चालू सम्पत्ति ११ करोड ४८ लाख ७४ हजार ६७० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

खुद स्थिर र चालू गरी कांग्रेससँग जम्मा सम्पत्ति १७ करोड ३ लाख १८ हजार १७० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । नवीकरण दस्तुरबापत ४ करोड ४० लाख, कुपन तथा प्रकाशन बिक्रीबापत ४ लाख ५० हजार, अन्य आय १४ लाख ५० हजार गरी ४ करोड ५९ लाख रुपैयाँ आय रहेको प्रतिवेदनमा समावेश छ । आयबाट कर्मचारी र प्रशासनिकतर्फ २ करोड ४८ लाख रुपैयाँ खर्च भएको कांग्रेसले जनाएको छ ।

खर्च कटाएर २ करोड ११ लाख रुपैयाँ बचत भएको प्रतिवेदनमा उल्लेख छ । महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपको हलमा राति करिब ९ बजे सुरु भएको छ । बन्दसत्रमा महामन्त्रीको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पेस भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बन्दसत्रमा १४औं महाधिवेशन तयारीका क्रममा कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम विधानको विभिन्न धारा उपधारा व्याख्या, बाधा अड्काउ फुकाउ र निलम्बन गर्ने निर्णय अनुमोदनका लागि प्रस्तुत प्रतिवेदन पेस गरिएको छ ।

पेस गरिएका प्रतिवेदनउपर छलफल गरी पारित गरिने छ । नेतृत्व चयन गर्ने कांग्रेसको यो महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७४३  छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १६५ संघीय निर्वाचन क्षेत्र, भातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्कबाट गरी उक्त संख्यामा महाधिवेशन प्रतिनिधिहरू चयन भएका हुन् ।

महाधिवेशन प्रतिनिधिको नामावली निर्वाचन समितिले शुक्रबार नै प्रकाशन गरेको छ । उम्मेदवार मनोनयन दर्ता मंसिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ सोही दिन साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ । अन्नपूर्ण पोष्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त
२०८२ श्रावण ३, शनिबार
नेसपा (नयाँ शक्ति)ले पाँच महिने प्रशंसा अभियान चलाउने
२०८२ श्रावण ३, शनिबार
अमेरिकाद्वारा डब्लुएचओको नयाँ ‘महामारी नियम’ अस्वीकार
२०८२ श्रावण ३, शनिबार
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छः उपप्रधानमन्त्री प्रकाशमान सिंह (अन्तवार्ता)
२०८२ श्रावण ३, शनिबार
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
२०८२ श्रावण ३, शनिबार
काभ्रेपलाञ्चोकमा बस दुर्घटना, २३ यात्रु घाइते (सूचीसहित)
२०८२ श्रावण ३, शनिबार
एमाले पोलिटब्युरो बैठक ललितपुरमा सुरु
२०८२ श्रावण ३, शनिबार