बैसाख २०, २०८३ आइतबार May 3, 2026

प्रधानसेनापति थापा बंगलादेश प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेश प्रस्थान गरेका छन्। बंगलादेशका सेना प्रमुख अजीज अहमेदको औपचारिक निमन्त्रणामा थापा आइतबार ७ सदस्यीय भ्रमण दलका सदस्यसहित बंगलादेश प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन । थापा नेपाली सेनाकै विमानमा बंगलादेश प्रस्थान गरेका हुन् ।

भ्रमणका क्रममा प्रधानसेनापति थापाले बंगलादेशका विभिन्न सैनिक युनिट भ्रमणदेखि उच्चस्तरीय भेटवार्ता र ऐतिहासिक स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

सेनाले एक प्रेस विज्ञप्ती जारी गर्दै यो भ्रमणले दुई देशको आपसीहित र पारस्परिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।

थापाको अनुपस्थितिमा बलाधिकृत रथी गिरीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन्।

थापा बंगलादेशको औपचारिक भ्रमण सम्पन्‍न गरी माघ १ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया