असार २४, २०८२ मंगलबार July 8, 2025

डीएफओसहित १३ जनाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सेतीदेवी वनका हरिया साल र अस्ना जातका रुखहरु काटेर विक्री गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन डीएफओसहित १३ जनाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन वन अधिकृत (डीएफओ) राजेन्द्र न्यौपाने, सहायक वन अधिकृतहरु रामवावु यादज, राजेन्द्रमान राज भण्डारी, विशाल भट्टराई, सोनालाल जयसवाल र नारायणबहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

तत्कालीन रेन्जर राजु लामा, फरेस्टर मोहनराज घिमिरे, वन रक्षक किरणकुमार क्षेत्री र धनलाल यादव तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोलेलाई पनि मुद्दा लगाइएको छ ।

तत्कालीन गढी इलाका, सेक्टर, जिल्ला वन कार्यालय, क्षेत्रीय वन निर्देशनालय हेटौडाका कर्मचारी तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको मिलेमतोमा स्वीकृत कार्ययोजना तथा निर्णय विपरीत ९ हजार १७८ क्यू.फिट काठ हुने गरी हरिया साल तथा अस्ना जातका रुखहरु काटेको पारेर एक करोड ५२ लाख १९ हजार ३२६ रुपैयाँ ७६ पैसा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार