असोज १८, २०८३ आइतबार October 4, 2026

रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक लगायत अन्य प्रमाण जुटाउन जिल्ला अदालतको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः जबरजस्ती करणी प्रयासबाट पीडित भएकी भनिएकी रोशनी शाहीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बकपत्र गराउन जिल्ला अदालत काठमाण्डौले आदेश दिएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध लागेको करणी प्रयास मुद्दाको आइतबार सुनुवाइ गर्दै काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशले स्वास्थ्य परीक्षण गर्ने चिकित्सक लगायत अन्य प्रमाणसमेत जुटाउन यस्तो आदेश दिएको हो ।

रोशनी शाहीको स्वास्थ्य परीक्षण थापाथलीस्थित प्रसुतिगृहका तीनजना डाक्टरको टोलीले गरेको थियो । काठमाण्डौ जिल्ला अदालतले मंसिरको अन्तिम सातादेखी नै मुद्दासँग जोडिएका व्यक्तिहरुको बकपत्र गराउन सुरु गरेको थियो ।

रोशनी स्वयंको, महराका सुरक्षाकर्मी, घटनाबारे सुरुमा जानकारी पाएका सांसद, घटनास्थल पुगेका व्यक्ति लगायतको बकपत्र भएपनि चिकित्सकको बाँकी रहेकाले प्रमाण बुझ्ने कार्यलाई सक्न अदालतले आदेश दिएको हो ।

जिल्ला अदालत काठमाण्डौंका अनुसार घटनास्थलमा मुचुल्का हस्ताक्षर गर्ने केही व्यक्तिरुको पनि बकपत्र गराउन बाँकी रहेकाले त्यसलाई पूर्णता दिन भनिएको छ । मंसिर २९ र ३० गते अदालत पुगेर महराले आफूमाथि करणी प्रयास नगरेको भन्दै शाही होस्टाइल भएकी थिइन् ।

सुरुमा महानगरीय प्रहरी वृत्त कोटेश्वरमा महराले तीनकुनेस्थित आफ्नो कोठामै आएर जबरजस्ती करणी प्रयास गरेको जाहेरी दिएकी शाहीले पछि बोलि फेर्दै आफूमाथि करणी प्रयास नभएको भन्दै प्रहरी कार्यालय र अदालतमा समेत निवेदन दिएकी थिइन् ।

तत्कालिन काठमाण्डौं जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्षका लागी थुनामा पठाएको थियो । जिल्ला अदालतको थुनछेक आदेश विरुद्धको पुनरावेदनको सुनुवाइ गर्दै उच्च अदालत पाटनले जिल्ला अदालतकै आदेश सदर गरेको थियो । आदेश सदर गर्दै उच्च अदालतले प्रमाण संकलन भएको एक महिनाभित्र मुद्दाको फैसला गर्न पुस ४ गते आदेश दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किरियामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास
२०८३ असोज १८, आइतबार
ऊर्जामन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण
२०८३ असोज १८, आइतबार
आँखाको स्वास्थ्यका लागि नियमित परीक्षण आवश्यक
२०८३ असोज १८, आइतबार
दुबईका युवराजले भेटे फ्लाईदुबईका पाइलट स्मित मच्छर
२०८३ असोज १८, आइतबार
कोरला नाका हुँदै चिनियाँ राजदूत माओमिङ मुस्ताङमा, सर्वत्र चासाे
२०८३ असोज १८, आइतबार
अमेरिकाले मध्यपूर्वमा तेस्रो विमानवाहक युद्धपोत पठाउँदै, १० हजारसम्म सैनिक थपिने
२०८३ असोज १८, आइतबार
जसपाका चार नेताले छाडे उपेन्द्र यादवकाे साथ, ‘हुंकार मधेश’ अभियानमा जाेडिए
२०८३ असोज १८, आइतबार