बैसाख २७, २०८३ आइतबार May 10, 2026

खानेपानी मन्त्रालयको मोटरसाइकल महिनौंदेखि झाडीमा अलपत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गोरखा । खानेपानी तथा सरसफाइ मन्त्रालयको सरकारी नम्बर प्लेटको मोटरसाइकल लामो सयमदेखि गोरखा नगरपालिका–३ होलसिङमा वेवारिसे अवस्थामा फालिएको छ ।

बा १ व ८२७१ नम्बरको यामाहा कम्पनीको अल्वा मोटरसाइकल केही महिनादेखि झाँडीमा अलपत्र अवस्थामा छाडिएको स्थानीयले बताएका छन् । सो ठाउँका नवराज अर्यालले उक्त मोटरसाइकल ल्याएर छाडेको स्थानीयको भनाइ छ ।
अर्याल खानेपानी मन्त्रालयमा गाडी चालकको रुपमा करारमा काम गर्थे । मन्त्रालयका अनुसार अर्यालले जागिर छाडेको ६ महिना भइसक्यो । जागिरको सिलसिलामा उनले ल्याएको मोटरसाइकल फिर्ता गर्नुको अलावा गाउँ नजिकैको झाँडीमा अलपत्र छाडेर उनी वेपत्ता छन् ।

‘अर्यालले यो मोटरसाइकल दशैंअघि नै यही नजिकैको दशमुरे खोलामा छाडेको थियो,’ स्थानीय मायानाथ अर्यालले भने, ‘कसले खोलामा पल्टाइदिएछ, यही गाउँका मान्छेले खोलाबाट उठाएर यता राखिदिए ।’ उक्त मोटरसाइकल सम्बन्धित निकायमा बुझाइदिन आग्रह गरे पनि नवराजले वेवास्ता गरेको स्थानीयले बताएका छन् ।

‘सरकारी बाइक मरेको मान्छे जस्तै अलपत्र भएर बसेको छ, घर लगेर राखे पनि हुन्थ्यो, यसरी झाडीमा विजोग बनाएर राखेको छ,’ स्थानीय डम्बरबहादुर दमाइले भने । प्रहरीलाई खवर गर्दा पनि फोटो मात्र खिचेर लगेको उनले बताएका छन ।

सरकारी मोटरसाइकल गाउँमा अलपत्र अवस्थामा रहँदा नराम्रो सन्देश गएको वडाध्यक्ष राम बहादुर वोगटी बताउँछन् । ‘सम्बन्धित निकायले ध्यान नदिएको हो कि, राज्यको सम्पत्ति यसरी अलपत्र छाड्दा पनि किनवास्ता नगरेको हो,’ उनले भने ।

अलपत्र अवस्थामा रहेको उक्त मोटरसाइकललाई घाम र पानीबाट जोगाउन स्थानीयले जस्ता र कुटले छोपिदिएका छन् । महिनौंदेखि मोटरसाइकल अलपत्र अवस्थामा हुँदासमेत मन्त्रालयले चासो दिएको छैन ।

मन्त्रालयका कर्मचारी दीपेन्द्र केसीलाई सम्पर्क गर्दा उनले मोटरसाइकल कहाँ छ भन्ने थाहा नभएको बताएका छन । ‘नवराज भन्नेलाई हामीले जागिरबाट निकालिसक्यौ, मोटरसाइकल कहाँ लग्यो भन्ने थाहा थिएन, अब थाहा भयो हामी लिन पठाइहाल्छौं,’ उनले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको बागमती क्याबिनेट विस्तार सम्पन्न, ५४५ बढीलाई जिम्मेवारी
२०८३ बैसाख २७, आइतबार
खोकनामा ‘चीन छोङछिङ–नेपाल तरकारी तालिम केन्द्र’ स्थापना गरिने
२०८३ बैसाख २७, आइतबार
यातायात व्यवसायीको समस्याको समाधान सरकारले खोज्नेछ : मुख्यमन्त्री पाण्डे
२०८३ बैसाख २७, आइतबार
मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलको समर्थन
२०८३ बैसाख २७, आइतबार
संविधान संशोधनबारे विभिन्न राजनीतिक दल र विज्ञबीच छलफल
२०८३ बैसाख २७, आइतबार
अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु
२०८३ बैसाख २७, आइतबार
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
२०८३ बैसाख २७, आइतबार