असोज १९, २०८३ सोमबार October 5, 2026

पोखरामा चम्ल्याहा शिशुको जन्म, आमा र शिशुहरु सामान्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । पोखराको मणिपाल कलेजमा एक महिलाले चम्ल्याहा शिशु जन्माएकी छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका –१ की २६ वर्षीया सुनिता पौडेल प्रधानले चम्ल्याहा (चार शिशु) शिशुलाई जन्म दिएकी हुन्।

जन्मेका शिशुमध्ये ३ छोरी र १ छोरा हुन्। आमा र शिशुहरुको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ। मणिपाल कलेजमा बिहीबार तीन छोरी र एक छोरा जन्माएको उनको शल्यक्रियामा संलग्न डाक्टर महेन्द्र पाण्डेले जानकारी दिएका छन।

उनले पहिलो बच्चा १.६ किलोग्राम तौलकी छोरी, दोश्रो १.३ किलो ग्रामको छोरा, तेश्रो छोरी १.३ किलो ग्राम र चौथो १.४ किलोग्रामकी छोरीलाई जन्म दिएकी हुन्।

सामान्यतयास् नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ। तर चार शिशुको कुल तौल ५.६ रहेको अस्पतालले जनाएको छ।

मनिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डेसहितको ४ जनाको टोलीले शल्यक्रिया गरेका थिए। चम्ल्याहा शिशुको जन्म विरलै हुनेगर्दछ। करिब ८ लाखमा एकजनाले मात्र चम्ल्याहा जन्म दिने गरेको अध्ययनले देखाएको डाक्टर पाण्डेको भनाई छ। शिशुलाई केहीदिन अस्पतालमा नै विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान
२०८३ असोज १९, सोमबार
रास्वपा सभापति रवि र अस्ट्रेलियाका राजदूत साइमन जर्जबीच भेटवार्ता
२०८३ असोज १९, सोमबार
इन्टर्न चिकित्सक डिल्ली हरिजन पुनःआमरण अनसनमा
२०८३ असोज १९, सोमबार
कर्णालीको मुख्य न्यायाधिवक्तामा सर्वराज जोशी नियुक्त
२०८३ असोज १९, सोमबार
सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री
२०८३ असोज १९, सोमबार
१५औँ महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदन, ‘नयाँ कांग्रेस, समुन्नत नेपाल’को खाका (पूर्णपाठ)
२०८३ असोज १९, सोमबार
रौतहट–लक्ष्मीपुरस्थित इटाँभट्टामा अलपत्र ४२ भारतीय नागरिकको उद्धार
२०८३ असोज १९, सोमबार