बैसाख २०, २०८३ आइतबार May 3, 2026

आजबाट मौसम सुधारिने,दिउँसोबाटै घाम लाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । केही दिनदेखि जारी बदली, वर्षा र हिमपातमा आजबाट क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।

गत बुधबार देशको पश्चिम भेगबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण उच्च हिमाली भेगमा हिमपात र पहाडी र तराई क्षेत्रमा वर्षा भएको थियो । वर्षाका कारण चिसोसमेत बढेको छ । तर, यो प्रणाली शनिबारबाट कमजोर बन्दै गएकाले मौसममा क्रमिक सुधार हुने मौसमविद् विभूति पोखरेलले जानकारी दिएकी छन।

‘बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणाली विस्तारै कमजोर हुँदै गएकाले आजबाटै मौसम सुधारिँदै जानेछ,’ मौसमविद् पोखरेलले भनिन् ।

काठमाडौंमा शनिबार बिहानैदेखि हुस्सु लागेको छ । मौसमविद् पोखरेलका अनुसार, केहीबेर काठमाडौं उपत्यकामा बदली भए पनि दिउँसोबाट घाम लाग्नसक्ने सम्भावना छ ।

यद्यपि, भोलिबाट भने काठमाडौंसहित देशका अधिकांश भूभागको मौसम घमाइलो हुने पोखरेलले जानकारी दिइन् । ‘आज घाम र बदलीबीच लुकामारी चले पनि भोलिबाट भने काठमाडौंसहित देशका अधिकांश भागमा घाम लाग्ने देखिन्छ,’ मौसमविद् पोखरेलले भनिन् ।

उच्च पहाडी तथा हिमाली भेग भने आज दिनभर नै हिमपातको जोखिममा पर्नसक्ने सम्भावना मौसम पूर्वानुमान महाशाखाले औंल्याएको छ । उसले आवश्यक सतर्कता अपनाउन पनि यो क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया