असोज १८, २०८३ आइतबार October 4, 2026

अवैध संरचना भत्काएको विरोधमा प्रदर्शन, बाह्रबीसेमा निषेधाज्ञा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सिन्धुपाल्चोक । नगरपालिकाले अतिक्रमित घर–टहरा भत्काएको विरोधमा प्रदर्शन भएपछि प्रशासनले सिन्धुपाल्चोकको बाह्रबीसेमा निषेधाज्ञा जारी गरेको छ ।
शुक्रबार बजार क्षेत्रमा अनधिकृत रूपमा बनाइएका घर तथा टहरा बाह्रबीसे नगरपालिकाको अग्रसरतामा भत्काइएको थियो । विरोधका बीच नगरपालिकाले अनधिकृत घर–टहरा भत्काएपछि बाह्रबीसेमा प्रदर्शन भएको थियो । नगरपालिकाको कदमबाट रुष्ट प्रदर्शनकारीले शनिबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै गमलालगायतमा तोडफोड गरेका थिए ।

स्थानीयको प्रदर्शनले हुलदंगा र अशान्ति हुने देखिएपछि त्यसो हुन नदिन आइतबार बिहान ८ बजेबाट साँझ ५ बजेसम्मका लागि बाह्रबीसे बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी प्रज्ज्वल महर्जनले जानकारी दिएका छन ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङद्वारा जारी सूचनामा बाह्रबीसे बजारबाट ३ सय मिटर पूर्व र पश्चिममा भोटेकोसी खोला (पुल राम्चे) सम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

प्रशासनले उत्तरमा इलाका प्रहरी कार्यलय बाह्रबीसे नगरपालिका ४ र बाह्रबीसे बजारबाट पिस्कर/क्षमादेवी जानेबाटोको सुनकोसीसम्म पनि आइतबार बिहान ८ बजेदेखि ५ बजेसम्म प्रदर्शन र भेला गर्न निषेध गरेको छ ।

अवैध संरचना हटाउने नगरपालिकाको निर्णयको विरोधमा प्रदर्शन भएपछि सहमति कायम गर्न जिल्लाका जनप्रतिनिधि, प्रशासनले प्रयास थालेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना
२०८३ असोज १८, आइतबार
घुँडामुनि गोली हानेर १० वर्षीया बालिका अपहरण गर्ने थारु पक्राउ
२०८३ असोज १८, आइतबार
कांग्रेस महाधिवेशनलाई विभिन्न मुलुकका पार्टी र नेताले दिए शुभकामना
२०८३ असोज १८, आइतबार
दाउन्ने बस दुर्घटनाः मामा भान्जाको निधनले एलगाउँवासी शोकमग्न
२०८३ असोज १८, आइतबार
नेपाली कांग्रेसको १५औँ महाधिवेशन खुलामञ्चमा सुरु, शीर्ष नेताको जमघट
२०८३ असोज १८, आइतबार
कर्णाली प्रदेशमा मंसिर १६-२७ गतेसम्म दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैं
२०८३ असोज १८, आइतबार
किरियामा बसेकी महिलासँग सम्बन्धपछि दाजुभाइको मृत्यु, सिंगो गाउँमा त्रास
२०८३ असोज १८, आइतबार