असार २४, २०८२ मंगलबार July 8, 2025

धादिङमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धादिङ । धादिङमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खनियाँवास गाउँपालिका–४ का युवा २५ वर्षीय सन्तबहादुर तामाङ छन् ।
तामाङ यसअघि कर्तव्य ज्यान मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घटनामा अर्का युवा गम्भीर घाइते छन् । घाइते रविन तामाङको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

धादिङका प्रहरी उपरीक्षक (एसपी) रविन्द्र रेग्मीले बताएअनुसार गएराति ७ बजेतिर घटना भएको हो । ‘अबेरसम्म युवाको समूहबीच झडप भएको रहेछ’, उनले भने, ‘म घटनास्थलमा पुगेर भर्खर फर्किँदैछु ।’

प्रहरीका अनुसार दार्खामा गुराँस युवा क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको थियो । त्यसक्रममा रेफ्रीसँग झगडा हुँदा कुटाकुट भएको थियो । यद्यपि, विवादको कारण यो मात्र नभएको प्रहरी आशंका छ ।

प्रहरीले घटनामा संलग्न भएको आशंकामा रेफ्री रोशन तामाङ र उनका भाइ रामलाई पक्राउ गरेर हिरासतमा लिएको छ ।

झडपमा रड, फलाम लगायतका वस्तु प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार