भाद्र २, २०८३ मंगलबार August 18, 2026

वीरगञ्जमा भेटिएको शंकास्पद वस्तु प्रेसर कुकर बम भएको पुष्टि, सेनाद्वारा निष्क्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अंसारीको घर अगाडि फेला परेको शंकास्पद वस्तु बम नै भएको पुष्टि भएको छ । वीरगञ्ज–८ पानीट्याङकीस्थित घर अगाडि राखिएको बम नेपाली सेनाको टोलीले डिष्पोज गरेको हो ।

वीरगञ्जस्थित चण्डीप्रसाद गणको बम डिष्पोजल टोलीले बम डिष्पोज गरेको हो । चण्डीप्रसाद गणका गणपति कर्णेल मदनजंग राणाले अन्सारीको घर अगाडि राखिएको बस्तु बम नै भएको पुष्टि गरेका छन । ‘प्रेसर कुकरभित्र इलेक्ट्रिक वायर, डेटोनेटर र ब्याट्री समेत भेटिएको छ,’ उनले भने, ‘बम त बम नै थियो, कुन प्रकारको हो भनेर भन्न सक्ने अवस्था छैन ।’
बमको बारेमा बढी जानकारी राख्ने दक्ष इन्जिनियर हेटौंडास्थित पृतनामा हुने भएकोले बरामद भएका समान थप अनुसन्धानका लागि हेटौंडा पठाउने तयारी भइरहेको उनले बताएका छन ।

घर अगाडि शंकास्पद वस्तु देखेपछि अन्सारी परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले त्यस क्षेत्रमा सर्वसाधरणलाई आवतजावत गर्न रोक लगाएर सेनालाई खबर गरेको थियो ।

प्रहरीले सीसीटिभी क्यामेरा फुटेज हेर्ने लगायत थप अनुसन्धान सुरु गरेको छ । फुटेजमा तीन जना युवा त्यस क्षेत्रमा देखिएको स्रोतले जनाएको छ ।

तर पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले घटनाबारे अनुसन्धान भइरहेकोले केही भन्न सक्ने अवस्था नरहेको बताएका छन । ‘डेटोनेटर भेटिएको छ, लेदो पनि थियो,’ उनले भने, ‘कसले राखेको हो रु अनुसन्धान गरिरहेका छौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार