असार २४, २०८२ मंगलबार July 8, 2025

बसले ठक्कर दिँदा नायिका महिमा सिलवाल दिदीबहिनीकै मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बसले ठक्कर दिँदा नेपाली चलचित्रकी नायिका महिमा सिलवाल र उनकी बहिनीसमेतको मृत्यु भएको छ।

धादिङको गजुरी इलाका प्रहरी कार्यालयका अनुसार बुधबार साँझ पौने ६ बजेतिर धादिङको गजुरी–२, चम्बासमा नायिका सिलवाल र उनकी बहिनी सर्मिला सवार स्कुटरलाई विपरीत दिशाबाट आइरहेको बसले ठक्कर दिँदा दुवैको मृत्यु भएको हो।

गजुरी इलाका प्रहरी कार्यालयका डीएसपी खगेन्द्रराज खड्काका अनुसार ठक्करबाट गम्भीर घाइते भएकी २२ वर्षीया महिमाको उपचारका क्रममा गजुरी स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो भने उनकी बहिनी २० वर्षीया सरु भनिने सर्मिलाको उपचारकै क्रममा काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो।

अहिले उनीहरूको शव तिनै अस्पतालमा छन्।

डीएसपी खड्काका अनुसार सिलवाल दिदीबहिनी बा ९८ प ७०५८ नम्बरको स्कुटरमा काठमाडौंबाट आफ्नो घर भरतपुर महानगरपालिका–१२ शिवनगर जाँदै थिए। यसै क्रममा भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख १३५ नम्बरको बसले उनीहरू सवार स्कुटरलाई ठक्कर दिएको उनले जानकारी दिएका छन।

ठक्कर दिने बससहित चालक पाल्पाका रन्जित गौतमलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिएका छन।

नायिका महिमाले ‘कारबाही’ चलचित्रबाट डेब्यु गरेकी थिइन्। त्यसयता उनले अप्रिल फुल, चियर्स, दानव, जिग्लोलगायत चलचित्रमा काम गरेकी थिइन्।

उनले दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरिसकेकी थिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार