असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल पुनःबीमा कम्पनीले एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्री गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रहेको बेला ठूलो मात्राको साधारण सेयर बिक्री हुने भएको छ।
नेपाल पुनःबीमा कम्पनीले आगामी चैत ४ गतदेखि रु एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ। साधारण सेयर बिक्रीका लागि कम्पनीले शुक्रबार एक आह्वानपत्रसमेत सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार प्रतिकित्ता रु १०० दरका कूल एक करोड ६० लाख कित्ता साधारण सेयर बिक्री गर्न लागिएको हो। बिक्री गर्न लागिएको शेयरमध्ये ७३ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ। यस्तै कूल आठ लाख कित्ता साधारण सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। आह्वानपत्रअनुसार कूल एक करोड ५१ लाख २६ हजार ५०० कित्ता सेयर भने आम सर्वसाधारणका लागि बिक्री गरिनेछ।

सो कम्पनीको सेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ। आगामी चैत ४ गतेदेखि बिक्री हुने उक्त साधारण सेयर बढीमा चैत ७ गतेसम्म रहनेछ। कम्पनीको सेयर बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। कम्पनीको अधिकृत पूँजी रु १५ अर्ब, जारी पूँजी रु १० अर्ब र चुक्ता पूँजी रु आठ अर्ब ४० करोड रहेको छ। साधारण शेयर बिक्रीपश्चात् कम्पनीको कूल चुक्ता पूँजी रु १० अर्ब पुग्नेछ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार