श्रावण १७, २०८३ आइतबार August 2, 2026

गगन थापाको चुनावी गीत ‘हाइ हाइ गगन दाई…’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आगामी ४ मंसिरको प्रतिनिधिसमा निर्वाचनलाई लक्षित गरी कांग्रेसका महामन्त्री गगन थापाको चुनावी गीत सार्वजनिक भएको छ । बुधाबार ‘हाइहाइ गगन दाई…’ बोलको गीत सार्वजनिक भएको हो ।

उमेश राउतको शब्द र सङ्गीतमा तयार भएको गीतमा गगनलाई युवा र भविष्यको भरोसा र आशाको किरणको रूपमा चित्रण गरिएको छ । गीतको पहिलो भाग अर्थात् स्थायीमा गगनको राजनीतिक उदय र उनले गरेका संघर्षको चर्चा गरिएको छ ।

यसैगरी पहिलो अन्तरामा गगनले मन्त्री हुँदा र अहिलेसम्म गरेका कामहरू चर्चा गरिएको छ भने दोस्रो अन्तरामा उनको नेतृत्वमा प्रजातन्त्र, राष्ट्रियता, समाजवादको नारा र समुन्नत नेपालको सपना पूरा हुने भन्दै उनको ‘प्रोजेक्ट गभर्मेन्ट’को यात्रामा सँगै हिँड्न आग्रह गरिएको छ ।

गीतमा देशलाई नयाँ जीवन दिन सक्ने पात्रको रूपमा चित्रण गर्दै आगामी निर्वाचनमा गगनलाई प्रधानमन्त्री बनाइनु पर्ने भाव व्यक्त छ । माहोल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा उमेश राउत, विक्रम राई, लेखु सहयात्री, विशम आचार्यको आवाज छ । संगीत संयोजन विशम आचार्यले गरेका हुन् । विवेक रेग्मी र दिपेश गिरीले सम्पादन गरेको भिडियोमा गीतको शब्द अनुसारका फुटेज राखिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार