वैशाख १६, २०८१ आइतबार April 28, 2024

एक्सन फिल्म चाहन्छन् बलिउड अभिनेता शाहरुख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बलिउड अभिनेता शाहरुख खान रोमान्स किङको नामले चिनिन्छन् । उनले अभिनय गरेका प्रेमकथाका धेरै फिल्मले बक्सअफिसमा सफलता पाएका उदाहरण प्रशस्त छन् । अब भने यी अभिनेताले एक्सन फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

‘मैले अहिलेसम्म एक्सन फिल्म गरेको छैन । मैले धेरै प्रेमकथाका फिल्ममा काम गरें । सामाजिक कथामा पनि काम गरें । धेरै फिल्ममा खराब चरित्र निभाए पनि अहिलेसम्म एक्सन फिल्ममा काम गरेको छैन । म अहिले ५७ वर्ष पुगें । अब मलाई लाग्छ कि अबका केही वर्ष मैले एक्सन फिल्ममा काम गर्नुपर्छ । म ‘मिसन इम्पोसिबल’ शैलीमा फिल्म गर्न चाहन्छु’, उनले भनेका छन् ।

शाहरुख हाल फिल्म ‘पठान’को प्रमोशनमा व्यस्त छन् । सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म सन् २०२३ को डिसेम्बर २५ मा रिलिज हुँदैछ । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया