श्रावण १८, २०८३ सोमबार August 3, 2026

‘वार ड्रामा’ फिल्म ‘गोर्खा वारियर्स’को टिजर सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मिलन चाम्सले निर्देशन गर्नुभएको ‘वार ड्रामा’ फिल्म ‘गोर्खा वारियर्स’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट लामो टिजरले सन् १९४९ मा बेलायती उपनिवेश रहेको मलाय टापुमा गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरेको छ ।

टिजरमा विजय लामा, रितेश चाम्स, रेविका गुरुङ, रियर राई लगायत कलाकार फिचर्ड छन् । सन् २०२३ मा विश्वव्यापी रिलिज हुने फिल्मको वर्ल्ड प्रिमियर भने जुन महिनामा लण्डनमा आयोजना हुने बताइएको छ ।

सुस्मिता वाइबा र सुमन राईमने निर्माणमा बनेको फिल्म चाम्स इन्टरटेनमेन्ट र लण्ड सिने आईको ब्यानरमा बनेको हो ।

भिडियोमा हेर्नुहोस्ः 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया