श्रावण ३०, २०८३ शनिबार August 15, 2026

प्रधानन्यायाधीशमा मिश्र सिफारिश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतका कायममुकामय प्रधानन्यायाधीश ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिस हुनुभएको छ ।

कामु प्रधानन्यायाधीश मिश्रलाई संवैधानिकपरिषद्ले बिहीबार सिफारिस गरेको छ । परिषद्को बैठकले मिश्रलाई सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले पत्रकारहरुलाई जानकारी दिनुभयो ।

तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई संसदीय सुनुवाइ समितिलेअनुमोदन नगरेपछि मिश्रले कामुको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । मिश्रलाई परिषद्ले गरेको सिफारिशका आधारमा सुनुवाइ समितिले अब अनुमोदन गर्ने छ ।

समितिले अनुमोदन गरेपछि राष्ट्रपतिसमक्ष नियुक्तिका लागि पठाइनेछ । यसअघि भनेदीपकराज जोशीका विषयमा समितिले चित्त बुझ्दो जवाफ नपाएको भन्दै अस्वीकृत गरेको

थियो । जोशीलाई अस्वीकृत गरेपछि राजनीतिक रुपमा सरकारले न्यायालयमा हस्तक्षेप गरेको भन्दै समितिको समेत आलोचना भएको थियो । उता जोशी भने लगातार बिदामा हुनुहुन्छ ।

उहलो १५ दिनको बिदामा थप ६ दिन थपेर घरमा बस्नु भएको छ । त्यसपछि भने उहालेलिने निर्णयका विषयमा भने अन्योल छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘नेपाललाई युरोपेली सङ्घको एयर सेफ्टी लिस्टबाट हटाउन पहल गरौँ’ : सभामुख अर्याल
२०८३ श्रावण ३०, शनिबार
यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
२०८३ श्रावण ३०, शनिबार
प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास
२०८३ श्रावण ३०, शनिबार
पहिरो प्रभावित बस्ती सार्न सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ श्रावण ३०, शनिबार
नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो
२०८३ श्रावण ३०, शनिबार
अन्डर–१७ फुटबलको उपाधि बुढासुब्बा युथ क्लबलाई
२०८३ श्रावण ३०, शनिबार