भाद्र २, २०८३ मंगलबार August 18, 2026

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ ।

लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै घण्टा सेवा दिनेछन् । त्यसका लागि एम्बुलेन्स सेवालाई कामपाले आर्थिक सहयोग गर्नेछ ।

लकडाउनको समयमा हृदयाघात, मिर्गौलारोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराउन लागेको कामपाले जानकारी गराएको छ ।

“लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने सम्भावित बिरामीलाई सार्वजनिक यातायातका सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन यो सम्झौतापछि निःशुल्क एम्बुलेन्स सेवा प्रवाह हुनेछ”, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने, “सम्भावित बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा लिन सम्पर्कका लागि कामपाले हटलाइन नम्बर ११८० को व्यवस्था गरेको छ ।”

सोमबार कामपाले संयुक्त एम्बुलेन्स चालक सङ्घ, नेपाल (काठमाडौँ जिल्ला कार्यसमिति)सँग सम्झौता गर्दै यस्तो सेवा सञ्चालन गर्ने भएको हो । कामपाका प्रशासन विभाग प्रमुख नमराज ढकाल र संयुक्त एम्बुलेन्स चालक सङ्घका तर्फबाट अध्यक्ष गोबद्र्धन सापकोटाले संयुक्तरूपमा हस्ताक्षर गरेका छन ।

सम्झौताअनुसार निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने सवारी साधनले करार अवधिभर अन्य प्रयोजनमा एम्बुलेन्स चलाउन पाइने छैन । त्यसैगरी निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीहरुको नाम, थर र अन्य विवरणको लगत अद्यावधिक गरी प्रमाणित गर्नुपर्नेछ ।

निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीसँग थप भाडा दस्तुर वा सेवा शुल्क लिन पाइनेछैन भने निःशुल्क एम्बुलेन्स सेवा प्राप्त गरेका बिरामीसँग कुनै अस्पतालमा वा उसको घरसम्म आउनजान आनाकानी वा मोलतोल गर्न पाइने छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकार दृढ : मन्त्री पौडेल
२०८३ भाद्र २, मंगलबार
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
२०८३ भाद्र २, मंगलबार
विदेशस्थित नेपाली दूतावास र नियोगका आवासीय भवन निर्माणको योजना छः मन्त्री खनाल
२०८३ भाद्र २, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेटवार्ता
२०८३ भाद्र २, मंगलबार
परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका राजदूत लोरेन्जोदको बिदाइ भेट
२०८३ भाद्र २, मंगलबार
प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौँः मुख्यमन्त्री शाही
२०८३ भाद्र २, मंगलबार
सेनाको सहयोगमा बाढीले बगाएको वीरेठाँटी–घान्द्रुक सडक पुनर्निर्माण गरिँदै
२०८३ भाद्र २, मंगलबार