जेठ ६, २०८१ आइतबार May 19, 2024

एसइई, कक्षा ११ र १२ को परीक्षाको तयारी थाल्न मन्त्रालय र परीक्षा बोर्डको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा ११ र १२ को परीक्षाको तयारी गरिरहन आग्रह गरेको छ । कोरोना भाइरसका कारण स्थगित भएका परीक्षाको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन माग भए पनि कानुनअनुसार नमिल्ने भएकाले विद्यार्थीलाई परीक्षाको तयारी थाल्न आग्रह गरिएको हो ।

विभिन्न संघसंस्था र संसद्मा आवाज उठे पनि अहिलेकै अवस्थामा आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन नमिल्ने शिक्षा मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीले बताएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले शिक्षा ऐनमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा लिनुपर्ने व्यवस्था भएकाले कानुनअनुसार नै अघि बढ्ने बताए । ‘कानुन संशोधन नभएसम्म परीक्षा लिनुपर्छ, सडक र सदनमा आन्तरिक मूल्यांकनका आधारमा ग्रेड सिट दिन माग गरे पनि हामी कानुन पालना गर्ने निकाय हो,’ उनले भने ।

शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले गरेको अनलाइन अन्तरक्रियामा पौडेलले जीवन जोखिममा राखेर परीक्षा नहुने स्पष्ट पारे । सामान्य अवस्था भएपछि कम्तीमा दुई हप्ताको समय दिएर परीक्षा आह्वान गर्ने उनले बताए । अहिले विश्वका ७३ बोर्डको परीक्षा स्थगित भएको पौडेलको भनाइ छ । नयाँपत्रिका दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम : देशभर पश्चिमी र स्थानीय वायुको कारण बदलीको सम्भावना
२०८१ जेठ ६, आइतबार
इण्डियन प्रिमियर लिग : बैंगलुरुले चेन्नई सुपर किंग्सलाई २७ रन अन्तरले हरायो
२०८१ जेठ ६, आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द
२०८१ जेठ ६, आइतबार
संसदका दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने
२०८१ जेठ ६, आइतबार
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
२०८१ जेठ ६, आइतबार
मुलुकलाई अगाडि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: प्रमुख सचेतक लेखक
२०८१ जेठ ६, आइतबार
आज आईतबार सुर्य भगवानलाई दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल
२०८१ जेठ ६, आइतबार