श्रावण १४, २०८३ बिहिबार July 30, 2026

पारिश्रमिक टुंगो लगाउन श्रम मन्त्रालयको त्रिपक्षीय निकायलाई यस्तो पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारिश्रमिक विवाद टुंगो लगाउन गठन गरेको कार्यदलको काम अघि बढाउन सम्बन्धित मन्त्रालय, रोजगारदाता र श्रमिकका संगठनहरूलाई मंगलवार पत्राचार गरेको छ । मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अर्थ मन्त्रालय, निजीक्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्श (चेम्बर) र नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल ट्रेड युनियन लगायतलाई कार्यदलको काम अघि बढाउन पत्राचार गरेको हो ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउनका कारण अधिकांश उद्योग कलकारखाना बन्द भएपछि श्रमिकलाई पारिश्रमिक दिने विषय पेचिलो बन्दै आएको छ । पारिश्रमिक दिने विषयमा आइतवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसहित निजीक्षेत्रका छाता संगठन, मजदूरका संगठनसहित बसेको बैठकले सो सम्बन्धमा निर्णयका लागि कार्यदल गठन गर्ने निर्णय गरेको थियो । उक्त कार्यदलको संयोजकमा मन्त्रालयको श्रम सम्बन्ध हेर्ने सहसचिव बाबुराम अधिकारी छन् ।

पारिश्रमिक दिने विषय टुंगो लगाउन रोजगारीको अवस्था र उद्योग, वाणिज्य क्षेत्रमा के कस्ता प्रभाव परेका छन् भन्ने पक्षमा उक्त कार्यदलले काम गर्नेछ । मन्त्रालयका सहसचिव सुमन घिमिरेले पत्राचार गरिएको र सम्बन्धी मन्त्रालय र निजीक्षेत्र, श्रमिक संगठनलाई प्रतिनिधि पठाइदिन भनिएको बताए । उनले कार्यदलले करीब १० दिनसम्ममा प्रतिवेदन तयार गर्ने बताए । लकडाउनका कारण बन्द रहेका उद्योग प्रतिष्ठानहरूले श्रमिकलाई पारिश्रमिक दिन नसक्ने भन्दै आएका छन् । अभियान दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार
दूरसञ्चार सेवा सुधार र सार्वजनिक सञ्चार संस्थाको पुनःसंरचनामा जोड
२०८३ श्रावण १४, बिहिबार
सद्भाव र भ्रातृत्व जोगाउन सबै पक्षलाई राष्ट्रपति पौडेलको आग्रह
२०८३ श्रावण १४, बिहिबार
धनुषामा शुक्रबार सबै निजी विद्यालय बन्द, कर्फ्युका कारण पठनपाठन स्थगित
२०८३ श्रावण १४, बिहिबार
सामाजिक सद्भाव कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण १४, बिहिबार
हिंसा र विभाजनको राजनीति रोक्न ओलीको सबै पक्षलाई आह्वान
२०८३ श्रावण १४, बिहिबार