जेठ ५, २०८१ शनिबार May 18, 2024

पारिश्रमिक टुंगो लगाउन श्रम मन्त्रालयको त्रिपक्षीय निकायलाई यस्तो पत्राचार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पारिश्रमिक विवाद टुंगो लगाउन गठन गरेको कार्यदलको काम अघि बढाउन सम्बन्धित मन्त्रालय, रोजगारदाता र श्रमिकका संगठनहरूलाई मंगलवार पत्राचार गरेको छ । मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र अर्थ मन्त्रालय, निजीक्षेत्रका छाता संगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्श (चेम्बर) र नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल ट्रेड युनियन लगायतलाई कार्यदलको काम अघि बढाउन पत्राचार गरेको हो ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउनका कारण अधिकांश उद्योग कलकारखाना बन्द भएपछि श्रमिकलाई पारिश्रमिक दिने विषय पेचिलो बन्दै आएको छ । पारिश्रमिक दिने विषयमा आइतवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवसहित निजीक्षेत्रका छाता संगठन, मजदूरका संगठनसहित बसेको बैठकले सो सम्बन्धमा निर्णयका लागि कार्यदल गठन गर्ने निर्णय गरेको थियो । उक्त कार्यदलको संयोजकमा मन्त्रालयको श्रम सम्बन्ध हेर्ने सहसचिव बाबुराम अधिकारी छन् ।

पारिश्रमिक दिने विषय टुंगो लगाउन रोजगारीको अवस्था र उद्योग, वाणिज्य क्षेत्रमा के कस्ता प्रभाव परेका छन् भन्ने पक्षमा उक्त कार्यदलले काम गर्नेछ । मन्त्रालयका सहसचिव सुमन घिमिरेले पत्राचार गरिएको र सम्बन्धी मन्त्रालय र निजीक्षेत्र, श्रमिक संगठनलाई प्रतिनिधि पठाइदिन भनिएको बताए । उनले कार्यदलले करीब १० दिनसम्ममा प्रतिवेदन तयार गर्ने बताए । लकडाउनका कारण बन्द रहेका उद्योग प्रतिष्ठानहरूले श्रमिकलाई पारिश्रमिक दिन नसक्ने भन्दै आएका छन् । अभियान दैनिकबाट ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया