असोज १७, २०८३ शनिबार October 3, 2026

सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई घटबढ भए नभएको आधिकारिक जानकारी नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् ।
नेपालले यसअघिनै शिखरमा सर्भे टोली पठाएको थियो भने चीनिया टोली बुधवार विहान शिखरमा पुगेको छ । दुवै देशको सहमति अनुसा रनै चिनियाँ सर्भे टोली सगरमाथाको उचाइ नाप्न शिखरमा पुगेको हो । चीनतर्फको मोहडाबाट आरोहण गरेको टोलीले चुुचुरोमा पुगेर मापन लिएको चीनिया समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

नेपाल र चीनका राष्ट्रपति तहकै सहमति अनुसार चीनले सर्भे टोली सगरमाथा शिखरमा पठाएको हो । नेपाली सर्भे टोलीले एक वर्षअघिनै सबैभन्दा तल्लो सतह सिराहाको माडारदेखि सगरमाथा शिखरसम्म पुगेर सगरमाथाको उचाइको मापन गरिसकेको छ ।

नेपाल एक्लैले सगरमाथाको उचाई मापन गर्ने भनेर अघि बढेकै बेला गत नोभेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौं आएका बेला दुवै देशले आ आफ्नो मोहडाबाट उचाइ नापेर संयुक्त रुपमा सार्वजनिक गर्ने सहमति भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस युवा नेता अजयबाबु शिवाकोटीले सहमहामन्त्रीमा उम्मेदवारी दिने
२०८३ असोज १७, शनिबार
विद्युत् सेवा प्रवाहलाई थप प्रभावकारी र सेवामुखी बनाउन मन्त्री श्रेष्ठको निर्देशन
२०८३ असोज १७, शनिबार
नरैनापुर गाउँपालिकाका सबै विद्यालय डिजिटल प्रणालीमा आबद्ध
२०८३ असोज १७, शनिबार
शिवपुरी-५ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, सभापतिमा रविन्द्र पौडेल विजयी
२०८३ असोज १७, शनिबार
विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचन उम्मेदवार छनोट समिति
२०८३ असोज १७, शनिबार
मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबको पोल्टामा
२०८३ असोज १७, शनिबार
ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
२०८३ असोज १७, शनिबार